लेटाङमा पाथिभराको मन्दिर स्थापना हुने

Enepal Patra Pvt. Ltd. , ४९१  पटक हेरिएको

लेटाङ, १० माघ । लेटाङमा पाथिभरा देवीको मन्दीर स्थापना हुने भएको छ । लेटाङ नगरपालिका वडा नं. ८ जाँते अधेरीमा श्री पार्वती माता पाथिभरा देवी मन्दिरको स्थापना हुन लागेकोे हो । ७० लाखको लागतमा बनाउन लागिएको उक्त मन्दीरको शुक्रवार लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले सिलन्यास गर्नुभयो ।
उहाँले आध्यत्मिक जगतको महिमा ठुलो भएकाले यस कार्यप्रति आफु खुसी भएको बताउदै यस मन्दिर निर्माणमा आफ्नो तर्फ वाट र नगरपालिकाका तर्फवाट सहयोग गर्ने बताउनुभयो ।
१६ रोपनी क्षेत्रफल रहेको उक्त मन्दीरमा अध्यात्मिक पार्क वन्ने समेत बताईएको छ । हाल ९ तले मन्दीर बन्ने उक्त स्थानमा ५ तले मन्दीर समेत बन्ने उक्त मन्दीर ब्यवस्थापन समितिका सचिव मनिस सुर्यमगरले जानकारी दिनुभयो । उक्त स्थानमा सय राेपनी जग्गा ब्यवस्थापन गर्न आवश्यक रहेकाे समेत उहाँले बताउनुभयाे ।
उक्त धार्मिक स्थल भित्र माताको मन्दीर साथै सत्य र शान्तिको द्धार निर्माण गरिने बताईएको छ । त्यस भित्र अन्य देविदेवताको मन्दिर भक्तजनहरुका लागि धर्मशाला, गुरु कुटी, यज्ञ कुटी, समाधी स्थल लगायतका बृहत संरचनाहरुको निर्माण गर्ने योजना बनाइएको सुर्यमगरले जानकारी दिनुभयो । उहाँका अनुसार एक सय रोपनी भन्दा धेरै जमिन उक्त संरचना बन्नका लागि लाग्ने छ ।
मन्दिरको सिलन्यास कार्यक्रममा लेटाङ नगरपालिकाका लेखा अधिकृत सुशिल बास्तोला, वडा अध्यक्ष भिम पोख्रेल, लेटाङ जेसिसका महासचिव सविन निरौला(छत्र) , शिवालय मन्दीर ब्यवस्थापन समितिका अध्यक्ष नन्दीप्रसाद खतिवडा ,राजनीतिकर्मी पदम मगर, यामानाथ सुवेदी लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: २०२२-०१-२४ , समय : १३:१४:३४ , २ वर्ष अगाडि