सिन भिलेजकाे ब्याबसायिक प्रबर्द्धनका लागि सांगीतिक कार्यक्रम

Enepal Patra Pvt. Ltd. , ५७७  पटक हेरिएको

उर्लाबारी ,२९ पुस । माेरङकाे पथरीशनिश्चरे २ स्थित सिन भिल्ज पार्टी प्यालेसले शुक्रबार इनडाेर साङ्गितिक कार्यक्रम आयाेजना गर्ने भएको छ ।
१५ कराेड रुपियाँकाे लगानीमा बनेकाे पार्टी प्यालेसले आफ्नाे ब्यावसायिक प्रचार गर्न देशका चर्चित गायक प्रमाेद खरेललाई साङ्गितिक कार्यक्रमकाे मुख्य आकर्षक बनाएकाे छ ।
शुक्रबार साँझ हुने कार्यक्रममा खरेलसँगै
नन्दु गुरुङ ,बबिना किराती,तारावीर पाण्डे
सुरेश धिमाल र सिद्धान्त खड्काले आफ्नाे गीत प्रस्तुत गर्नु हुनेछ ।
सानाे सहरमा ठुलो लगानीमा निर्माण भएको पार्टी प्यालेसलाई काेराेनाले समस्यामा पारेपछि सञ्चालकहरूले सांगीतिक कार्यक्रम आयाेजना गर्ने तयारी गरेका हुन् ।

८२ ×८४ काे पाैडीपाेखरी,उद्दान,पार्किङ ,२४ वटा डिलक्स रुम , रेष्टुरेन्ट ,८ सय क्षमताको वातानुकुलित सभाहल रहेको पार्टी प्यालेस १ विगाहामा फैलिएको छ ।त्यस्तै ३ वटा साना हलहरू छन् ।जहाँ ३० देखि ५० जनालाई तालिम दिन सकिन्छ ।पार्टी प्यालेसले हाल २६ जनालाई राेजगार दिएकाे सञ्चालक दीपक बुढाथोकीले बताउनु भयाे ।

प्रकाशित मिति: २०२२-०१-१३ , समय : ०६:४९:५२ , २ वर्ष अगाडि