राँझा, १८ पुस । बाँकेको परसपुर–गौघाट सडक कालोपत्र हुने भएको छ । खजुरा र जानकी गाउँपालिकावासीलाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने सो सडक स्तरोन्नतिका लागि बोलपत्र भइसकेको डिभिजन सडक कार्यालय नेपालगञ्जका प्रमुख होमबहादुर एसीले जानकारी दिनुभयो । उहाँका अनुसार सो खण्डको १० किलोमिटर नालीसहित कालोपत्रका लागि बोलपत्र भइसकेको छ । यसका लागि बहुवर्षीय योजनामा रु २५ करोड बजेट छ । यो सडक नालीसहित १२ मिटरको बन्ने छ । यसमा प्रिमिक्स कालोपत्र सात मीटरको हुने जनाइएको छ ।

ठेकेदार कम्पनीसँग सम्झौता भएको मितिले सडक निर्माणको समयावधि २८ महिना निर्धारण गरिएको छ । वन क्षेत्र र अन्य कुनै अवरोध नभएकाले निर्धारित समयमै सडक निर्माण हुने जनाइएको छ । सांसद नन्दलाल रोकायले विभिन्न प्रक्रियाका कारण कालोपत्रका लागि ढिलो गरी बोलपत्र भएको उल्लेख गर्नुभयो ।

परसपुर–र्गाघाट सडक विस्तारका लागि पक्की सडक भत्काइएका कारण वर्षात्मा हिलाम्मे भएका सर्वसाधारण अहिले धुलाम्ये हुने गरेका छन् । जिल्लाको जानकी र खजुरा गाउँपालिकाका सर्वसाधारण सदरमुकाम नेपालगञ्ज आवतजावतमा अहिले सास्ती हुने गरेको खजुरा–२ सीतापुरका लक्ष्मीबहादुर थापाले बताउनुभयो । “सडकभरि धुलो छ, नेपालगञ्ज आउन जान धेरै गाह्रो भएको छ, उहाँले भन्नुभयो, “मोटरसाइकलमा आवतजावत गर्दा धुलाम्मे भएर मान्छे चिनिन नसक्ने स्थिति छ ।

बाँके र बर्दियाका ग्रामीण बस्ती हुँदै बर्दिया सदरमुकाम गुलरिया जोड्ने छोटो दूरीका रूपमा यो सडक रहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको परसपुरबाट, जानकीको बेलभार, खजुराको गौघाट, बर्दियाको बढैयाताल गाउँपालिकाको वडा नं १ र २ हुँदै कण्ठीपुरबाट गुलरियालाई जोड्ने २२ किलोमिटर सडक निर्माण गर्न पहल भैरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

संवाददाता : अनन्तराम बराल

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2022 Enepal Patra Pvt. Ltd.