दश शैयाको आधारभुत अस्पतालको सिलन्यास

Enepal Patra Pvt. Ltd. , ४०८  पटक हेरिएको

लेटाङ, १० पुष । लेटाङ नगरपालिकाले बनाउन सुरु गरेको १० शैयाको आधारभुत अस्पतालको आज सांसद घनश्याम खतिवडा र लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले संयुक्त रुपमा सिलन्यास गर्नुभयो ।
सिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खतिवडाले धनकुटा , पाँचथर सम्मका मानिसले यहाँको अस्पताल वाट सेवा लिन सक्ने भएकाले समेत यस अस्पतालको महत्व धेरै रहेको वताउनुभयो । संरचना निर्माणका लागि सांसदको रुपमा आफुले भुमिका निर्वाह गर्ने वताउउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख राईले आफुहरु जनप्रतिनीधी भएर आएपछि धेरै दुख्ख कस्ट भोगेको भएर स्वास्थ्यको राम्रो ब्यवस्था गर्न लागि परेको भन्दै अस्पताल निर्माणमा जुटेको वताउनुभयो । जनताको स्वास्थ्य समस्या समाधानका लागि मानिसहरु टाढा पुग्नुपर्ने वाध्यतालाई मध्यनजर गरेर अस्पताल निर्माणमा जुटेको र अस्पताललाई सम्पन्न गर्नका लागि आफुहरु लागि पर्ने बताउनुभयो ।

उप्रमुख कृष्णकुमारी निरौलाले गर्भवती महिला,विपन्न, असक्त मानिसहरुलाई लक्षित गरि ठुलो टेवा पुग्ने विश्वासका साथ आज अस्पतालको सिलन्यास गरिएको वताउनुभयो । प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहालले आधारभुत अस्पतालले दिने सम्पुर्ण सेवाहरु प्रदान गर्ने साथै पोष्टमार्टम समेत गर्ने गरिको तयारी गरिएको वताउनभयो ।

प्रेररा एच.एम कन्ट्रक्सन जेभि ललितपुर द्धारा निर्माणको जिम्मा पाएको उक्त अस्पताल नौ करोड उनान्सय लाख छत्तीस हजार नौ सय एकतिस रुपैया चौसठ्ठी पैसाको लागतमा निर्माण भईरहेको छ । २०७९ फागुन मसान्त सम्ममा निर्माण सक्नुपर्ने गरि सम्झौता भएको छ । कार्यक्रममा वडा अध्यक्षहरु , विभिन्न दलका प्रमुखहरु तथा समाजसेवी बुद्धीजीवि ,संघसंसस्थाका प्रतिनीधी ,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: २०२१-१२-२५ , समय : १९:३१:१५ , २ वर्ष अगाडि