सर्वाधिक मत सहित रचना प्रदेशको सहसचिव विजयी

Enepal Patra Pvt. Ltd. , ५६१  पटक हेरिएको

बिराटनगर /नेकपा (माओवादी केन्द्र) प्रदेश न .१ कमिटीको सह सचिवमा कुमारी राई ( रचना) ले बाजी मारेकी छिन् । पुर्वमा माओवादी आन्दोलनको उठान,विषम र युद्धकालिन समयमा नेतृत्वदायी भुमिकामा रहेर काम गरिसकेकी रचना राई १३ जना प्रतिस्पर्धी मध्ये सर्वाधिक ११४ मत ल्याएर प्रदेश १ को सह सचिव निर्वाचित भएकी हुन् ।
पार्टी भित्र समावेसी नारा खुबै लाग्ेन गरेको छ । खास गरी यो नारा रोप्ने नै एमाओवादी हो । जातीय, भौगोलिक र लैङ्गिक समावेशिताको नारा उग्र रुपमा लागेको बेला रचनाको जीतलाई अझ महत्वका साथ हेरिएको छ । १ अध्यक्ष,३ उपाध्यक्ष,१ सचिव ,३ सहसचिव र १ कोषाध्यक्ष गरी ८ पदका लागि भएको निर्वाचनमा विजयीको टीका लगाउने रचना एक्ली महिला हुन् । पार्टी राजनीतिको द्वन्द्व कालिन समयमा महिला, आदिबासी, मधेसी र थारुको सहभागिता ब्यापक थियो । तर, चुनाबी प्रतिस्पर्धा हेर्दा २९ प्रतिस्पर्धीमा महिलाको सङ्ख्या ३ मात्र छ । अझ थारु,आदिवासी र मधेसी समूदायका उम्मेद्वारको सङ्ख्या १/१ मात्र छ । उमेद्वार बनेर पनि उनीहरू कसैले जित प्राप्त गर्न सकेनन् ।
माध्यमिक तहको विद्यार्थी जीवनमानै अनौपचारिक वामपन्थी राजनीति र विद्यार्थी राजनीतिमा सहभागी हुने क्रममा तत्कालीन माओवादी पार्टीबाट पुर्वी नेपालमा विस्तारित हुने क्रममा नेतृ रचनाले २०५५ सालबाटै पार्टी सम्पर्कमा जोडिएकी हुन् । २०५६ सालमा भौसाबारी बहुमुखी क्याम्पस,कानेपोखरी अनेरास्ववियु (क्रान्तिकारी ) ईकाई कमिटीमा निर्वाचित हुँदं उनले औपचारिक सकृय राजनीतिको सुरु गरेकी हुन् ।

२०५८ बाट माओवादी भुमिगत पुणर्कालिन सदस्य बनेकी उनी पुर्वमा जनमुक्ति सेनाको निर्माण र विकास प्रक्रियामा सेल,कम्पनी र प्लाटुन हुँदै जनयुद्धकालमा पुर्वी नेपालमा भएका जनमुक्ति सेनाको विभिन्न सैन्य लडाइँहरूमा प्रत्यक्ष सहभागिता जनाइन । सैन्य कार्यक्षेत्रबाट २०५९ सालबाट उत्तरी मोरङ पार्टी भुगोलको एरिया सेक्रेटरी,ईन्चार्ज,तत्कालीन मोरङंसुनसरी जिल्ला सदस्य,मोरङ जिल्ला जनसरकार सदस्य हुँदै विभिन्न जनवर्गीय संगठनहरू अखिल नेपाल महिला संघ ( क्रान्तिकारी )केन्द्रिय सदस्य,किराँत राष्ट्रिय मुक्ति मोर्चा केन्द्रिय सदस्यको नेतृत्वदायी भुमिका निर्वाह गरिसकेकी छिन ।

प्रकाशित मिति: २०२१-१२-२५ , समय : ०८:०५:५१ , २ वर्ष अगाडि