बेतना सिमसाकाे तालाबन्दी अझै खुलेन ,लाखौ घाटा

Enepal Patra Pvt. Ltd. , ३९८  पटक हेरिएको

बेलबारी, ८ पुष । मोरङको बेलबारी ४ मा रहेको बेतना सिमसारमा ५ दिनअघि स्थानीयले लगाएको ताला अझै नखुल्दा लाखौको घाटा भएको छ । बेलबारीको पहिचान सँग समेत जोडिएको सो क्षेत्र नखुल्दा दैनिक २५ देखि ३० हजार घाटा भईरहेको छ ।

बेलबारी नगरपालिकाको मुख्य पर्यटकीय क्षेत्रका रुपमा रहेको सिमसारमा बनभोज,अध्यायन,अनुसन्धानका लागि आउने आन्तरिक र बाह्य पर्यटकहरु तालाबन्दीका कारण प्रवेश गराउन नसक्दा दैनिक ३० हजार सम्म घाटा भईरहेको बेतना सिमसार सामुदायिक बन उपभोत्ता समुहका अध्यक्ष डम्बर बस्नेत बताउँछन । स्थानीय उपभोक्ताहरूको चाहना र भावना अनुसार समिति गठन गर्न, सामुदायिक वनको नीति र विधि अनुसार विधान संशोधन गरी साधारणसभा गर्न र बेलबारी वडा नंम्बर ४ बाहेक अन्य वडामा बाँडिएको परिषद् सदस्य खारेज गर्न माग गर्दै गत आईतबार बेतना सिमसारमा सङ्घर्ष समितिले मुख्य गेट र कार्यलयमा तालाबन्दी गरेको थियो ।

माग पुरा नभए सम्म आन्दोलन जारी रहने सङ्घर्ष समितिका संयोजक मनि लिम्बुले बताउँछन । बेतना सिमसार सामुदायिक बन उपभोक्ता समितिद्वारा आर्थिक अनियमितता भइरहेको समेत संयोजक लिम्बुले आरोप छ । वडा नंम्बर १ देखी ११ नंम्बर वडासम्मलाई परिषद् सदस्य वितरण गरिनु नै गलत भएको संयोजक लिम्बु बताउँछन् । सोही कारण बेतिथि उत्पन्न भएको लिम्बुको दाबी रहेको छ । उनले वडा नंम्बर ४ बाहेक अन्य वडामा बाँडिएको परिषद् सदस्य खारेज गर्न माग राख्दै विधान संशोधन गर्नु पर्ने बताएका छन् । बेलबारी सब डिभिजन कार्यालयमा मङ्सिर १४ गते सङ्घर्ष समितिको माग सम्बोधनको लागि निवेदन पेस गर्दा पनि बैठकको लागि केही खबर नगरे पछि तालाबन्दी गर्न बाध्य भएको लिम्बुले बताए ।

सिमसारमा तालाबन्दी गरिएपछि हरेक दिनजसो बेलबारी नगरपालिका,राजनीतिक दल र संघर्ष समितिका बिच बार्ता भईरहे पनि बार्ता निष्कर्षमा पुग्न सकेको छैन । संघर्ष समितिले सिमसार वडा नम्बर ४ को नभए ६० प्रतिशत परिषद सदस्य वडा नम्बर ४ को हुनुपर्ने नयाँ माग अघि सारेको बार्ता टोलीका एक सदस्यले जानकारी दिएका छन । ५ दिनसम्म नगरपालिकाको पहिचान सँग जोडिएको पर्यटकीय क्षेत्रमा भएको तालाबन्दी खोल्न नसक्नु र अनिर्णयको बन्दी बनाउनु राजनीतिक दल र नगरपालिकाको अर्कमण्यता भएको सथानीयआक्रोश पोख्छन ।

प्रकाशित मिति: २०२१-१२-२३ , समय : १४:२५:१९ , २ वर्ष अगाडि