बेलायतमा सङ्क्रमण बढ्दै, खोप नलगाएका बढी प्रभावित

Enepal Patra Pvt. Ltd. , २८७  पटक हेरिएको

करुण अर्याल
लण्डन, पुस ८ गते । संयुक्त अधिराज्य (बेलायत)मा पछिल्लोपटक एक लाखभन्दा बढी व्यक्ति कोभिड १९ बाट सङ्क्रमित भएका छन् । पछिल्लो आठ दिनदेखि एकैदिन लगातार नब्बे हजारभन्दा माथि सङ्क्रमित हुँदै आएकोमा बुधबार यो सङ्ख्या बढेर एक लाख छ हजार पुगेको छ । जुन महामारी शुरु भएयताकै सबैभन्दा उच्च हो । नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ सङ्क्रमणका कारण सङ्ख्या बढ्दै गैरहेको वैज्ञानिकहरुले बताएका छन् । सङ्क्रणदर बढेसँगै अस्पतालनमा भर्ना हुने दर पनि बढेको छ । बुधबार मात्र आठ हजार आठजना भर्ना भएका छन् । सङ्क्रमणबाट १४० जनाको मृत्यु भैसकेको छ ।

सङ्क्रमित दर बढेसँगै सरकारले बुस्टर डोज९तेस्रो खोप० लाई पनि तीब्रता दिएको छ । मङ्गलबार मात्र नौ लाख ६८ हजारजनाले बुस्टर डोज लिएको बीबीसीले जनाएको छ । तेस्रो खोपले ७०र७५ प्रतिशतसम्म भाइरसबाट सुरक्षित राख्ने विश्वासका साथ यसलाई तीब्रता दिए पनि सङ्क्रमण दर भने बढिरहेको छ । यसैबीच, सरकारले इङ्ल्याण्डमा नयाँ नियम लागू गरेको छ । जसअनुसार मिलेसम्म घरबाटै काम गर्ने, इनडोर र भिडभाड हुने स्थानमा मास्क अनिवार्यलगायतका नियम छन् ।

बुस्टरले केही काम गरेको देखिएको छ, अन्यथा सङ्क्रमण दर अझ बढ्न सक्थ्यो, बेलायतमा रहनुभएका वरिष्ठ् जनस्वास्थविद् प्रा।डा। पदम सिम्खडा भन्नुहुन्छ, ‘अहिलेको नयाँ भाइरसबाट बालबालबालिका, युवा, खोप नलगाउने र सतर्कता नअपनाउने बढी सङ्क्रमित भएको पाइएको छ ।’ बेलायतमा बालबालिकाले खोप नलगाइसकेको र युवाले पनि दोस्रोरतेस्रो खोप नपाएको अवस्थामा ती वर्ग सङ्क्रमित हुँदा उल्लेख्य मात्रामा सङ्ख्या बढेको हुनसक्ने उहाँको आँकलन छ ।

अघिल्लो भाइरसको तुलनामा ओमिक्रोन सङ्क्रामक रहेको बताउँदै प्रा.डा.सिम्खडाले नयाँ आएपछि पुरानो भाइरस कमजोर हुने स्वाभाविक रहेको पनि बताउनुभयो । पछिल्लो समयमा डेल्टा भाइरस सङ्क्रमितमध्ये ९० प्रतिशतलाई लागेको थियो, अब त्यही सङ्ख्या ओमिक्रोनले ओगट्न सक्ने उहाँले बताउनुभयो । तथ्याङ्कले पहिलेको तुलनामा अहिले सिकिस्त हुने र अस्पतालनमा भर्ना हुने दर कम रहेको बताउँदै उहाँले ओमिक्रोनले चाँडै आक्रमण गर्ने र चाँडै सन्चो गर्न सक्ने पनि प्रा।डा। सिम्खडा बताउनुहुन्छ ।

लिभरपुल युनिभर्सिटी हस्पिटलका चिकित्सक डा। शम्भु आचार्यले पहिलेका भाइरसभन्दा ओमिक्रोन बढी सङ्क्रामक रहेको बताउँदै कुनै पनि खोपले सय प्रतिशत काम नगर्ने भन्दै भन्नुभयो, ‘खोपले पूरै रोक्दैन तर जटिलता, अस्पताल भर्नादर र सङ्क्रमण दरलाई रोक्न भने सहयोग गर्छ । भर्नादर कम हुनासाथ मृत्युदर पनि कम हुन्छ ।’

खोपका फाइदा धेरै छन् तर खोप लगाउनासाथ सङ्क्रमण हुँदैन भन्ने होइन बुस्टर डोज लगाएको दुई हप्तापछि यसले काम गर्छ । त्यस अवधिमा सङ्क्रमण हुन पनि सक्छ । विश्वव्यापी रुपमा फैलिएको ओमिक्रोन नेपालमा पनि बढ्न सक्छ, त्यसतर्फ आवश्यक तयारी गर्नुपर्ने उहाँले सल्लाह दिनुभयो ।

सेल्फ आइसोलेशनमा कटौती

यद्यपि‘ओमिक्रोन’ सङ्क्रमणका कारण इङ्ग्ल्याण्डमा लागू गरिएको ‘सेल्फ आइसोलेशन’को अवधि भने घटाइएको छ । कोरोना सङ्क्रमित भएको खण्डमा यसअघि दश दिनसम्म आइसोलेसन बस्नुपर्ने नियम थियो । दश दिनसम्म आइसोलेशनमा बस्दा स्टाफ अभाव हुने देखिएपछि सरकारले यसअघिको नियम परिवर्तन गर्न लागेको हो ।

अहिले सबै क्षेत्रमा सङ्क्रमितको सङ्ख्या बढेपछि स्टाफ कम हुने देखियो, त्यसैले तीन दिन भए पनि कटौती गरिएको हुनसक्ने एक विज्ञले बताउनुभयो । आइसोलेसनका क्रममा ल्याटरल फ्लो टेष्ट गर्दा नेगेटिभ आएकाहरुलाई अब सात दिनमै आइसोलेसनबाट बाहिर आउन सक्ने बताइएको छ । आइसोलेसनमा बसेकाहरुले छैटौँ दिनमा परीक्षण गर्दा नेगेटिभ आएमा उनीहरुले आइसोलेसन सातौँ दिनमा टुङ्ग्याउन पाउनेछन् ।

बेलायतका स्वास्थ्यमन्त्री साजिद जाभिदले स्वास्थ्यविद्हरुसित परामर्श गरी यो निर्णय गरिएको जानकारी दिनुभएको छ । ओमिक्रोनको सङ्रक्रमणबाट स्वास्थ्य, रेलवे तथा अन्य क्षेत्रमा कर्मचारीको अभावमा पर्ने प्रभावलाई समाधान गर्न नयाँ निर्देशन ल्याइएको बताइएको छ । सरकारले क्रिसमसपछि संसद शुरु हुनासाथ यस नियमलाई परिवर्तन गरी सात दिनमा झार्ने जनाइएको छ । यद्यपि यो हाललाई निर्देशनका रुपमा मात्र रहनेछ ।

सहयोगको घोषणा
ओमिक्रोनका कारण सङ्कटमा परेका व्यवसायका लागि बेलायत सरकारले एक अर्ब पाउण्ड सहयोग गर्ने घोषणा गरेको छ । बेलायती अर्थमन्त्री ऋषि सुनाकले आतिथ्य र मनोरञ्जन क्षेत्रका व्यवसायीहरूले अहिले चुनौतीको सामना गरिरहेकाले सहयोग प्याकेज अघि ल्याएको बताउनुभयो । यो घोषणासँगै हस्पिटालिटी व्यवसाय, पब तथा रेष्टुरेण्टहरुले बढीमा छ हजार पाउण्डसम्म नगद ‘ग्रान्ट’ पाउन सक्नेछन् ।

नेप्लिज क्याटरस एसोसियशन, बेलायतका अध्यक्ष विजय थापाले ओमिक्रोनको बढ्दो प्रभावले व्यवसायलाई असर गर्न सक्नेतर्फ चिन्तित हुँदै भन्नुभयो, ‘अघिल्लो पटक बन्दाबन्दीका कारण धेरै अप्ठ्यारो परेको थियो । अहिले फेरि पुरानै अवस्थामा फर्किन सक्ने अवस्था आए ‘टेक वे’ गर्छौं । ग्राहकसँग प्रत्यक्ष भेटघाट हुन नपाउने र पूरा टेबल लगाउन नपाएको अवस्थामा टेक वे र होम डेलिभरी गर्नैपर्छ । ’ अघिल्लोपटक बन्दाबन्दीमा बेलायत सरकारकाले हामीजस्ता व्यवसायीलाई राम्रै सहयोग गरेको थियो, अवस्था त्यस्तै आए हामीले पहिलेको जस्तै आशा राखेका छौँ । यद्यपि अहिले सरकारले घोषणा गरेको ग्रान्ट कम रहेको उहाँको टिप्पणी छ ।

बेलायतमा अहिले करिब तीन सयको हाराहारीमा नेपालीले सञ्चालन गरेका होटल तथा रेष्टुरेण्ट रहेको अनुमान छ । बेलायत सरकारले तत्काल बन्दाबन्दीको कुनै योजना नबनाएको जनाए पनि विभिन्न सञ्चारमाध्यमले क्रिसमसलगत्तै बन्दाबन्दी हुने समाचार सम्प्रेषण गरेका छन् । बीबीसीका अनुसार कोरोनाको दोस्रो लहरका समयमा९जनवरी १८ सम्म० अस्पताल भर्नादर ३९ हजार २५४ थियो, जुन अहिलेको तुलनामा पाँच गुणा बढी हो ।

स्कटल्याण्ड र दक्षिण अफ्रिकामा गरिएको एक प्रारम्भिक अध्ययन अनुसार ओमिक्रोन अघिल्ला भाइरसका तुलनामा कम जोखिम रहेको बताइएको छ ।

इङ्ल्याण्डमा ओमिक्रोनका कारण मृत्यु हुनेको सङ्ख्या १८ पुग्नुका साथै अस्पताल भर्नादर हुनेको सङ्ख्या पनि बढेको छ । क्रिसमसपछि आउने तथ्याङ्कले धेरै कुरा निर्धारण गर्ने स्वास्थ्य अधिकारीले बताएको बीबीसीले जनाएको छ । यसैबीच बेलायत सरकारका खोप अधिकारीहरुले पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई कम मात्राको खोप दिन सुझाव दिएका छन् ।

प्रकाशित मिति: २०२१-१२-२३ , समय : १४:०६:३९ , २ वर्ष अगाडि