काठमाडौँ, १७ मङ्सिर । टोखा नगरपालिकाले स्वस्थ नगर, टोखा नगर निर्माण गर्नका लागि ‘मेयर दीर्घायु’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

काठमाडौँको उत्तरी क्षेत्रस्थित टोखा नगरपालिकाका बासिन्दालाई स्वस्थ्य राख्ने उद्देश्यले ‘मेयर दीर्घायु’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाले आफ्नो नगरमा रहेका अशक्त ९५ (वर्ष माथिका) अपाङ्गता भएका, घाइते, द्वन्द्वपीडित, असहाय, लोपोन्मुख, अतिविपन्न, महिला तथा अल्पसङ्ख्यक समुदायलाई लक्षित गरी ‘मेयर दीर्घायु’ कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा टोखा नगरपालिकाभित्र बसोबास गरेको वा नगरभित्र व्यवसाय वा अन्य माध्यमबाट कर तिरेको प्रमाण भएको वा अतिविपन्न समुदायको प्रमाणित परिचयपत्र वा अपाङ्गतासम्बन्धी परिचयपत्र भएको व्यक्ति सहभागी हुन पाउने अधिकारीले बताउनुभयो । कार्यक्रम यही मङ्सिर २५ गतेदेखि चण्डेश्वरी स्वास्थ्य केन्द्रमा सञ्चालन गरिने छ । प्रत्येक हप्ता ९० जनालाई प्रदान गरिने उक्त कार्यक्रममा नगरपालिकाभित्रका झण्डै एक हजारको निःशुल्क स्वास्थ्य परीक्षण गरिने नगरप्रमुख अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी हुन हरेक वडाबाट ७० जनाको नाम सिफारिस गर्न पाइने सो नगरपालिकाले जनाएको छ । उक्त कार्यक्रम सञ्चालनका लागि टोखाले वजेट विनियोजन गर्नुका साथै कार्यविधिसमेत तयार गरी कार्यान्वयन प्रक्रिया थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

संवाददाता : अनन्तराम बराल

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2022 Enepal Patra Pvt. Ltd.