मोरङ १ को सभापतिमा शंकर राईको उम्मेद्बारी घोषणा

Enepal Patra Pvt. Ltd. , १३१०  पटक हेरिएको

लेटाङ, २६ कार्तिक । आसन्न १४ औ महाधिबेसनमा मोरङ क्षेत्र नं. १ को सभापतिमा महासमिती सदस्य तथा
नगरपालिकाका प्रमुख शंकर राईले आफ्नो उम्मेद्बारी घोषणा गर्नुभएको छ । लेटाङका क्षेत्रीय प्रतिनिधीहरु सहितको भेलामा जिल्ला आफुले यसपटक भद्र सहमतिका आधारमा क्षेत्रीय सभापती आफुले चलाउने पालो भएकाले उम्मेद्बारी घोषणा गरेको बताउनुभयो । उहाँले १३ औ महाधिबेसनमा भद्र सहमती गरि १४ औ महाधिबेसनमा आफुले क्षेत्रको नेतृत्व गर्ने भन्ने भएको र आम कांग्रेसको भावना समेत आफुले क्षेत्र चलाए हुने भन्ने भएकाले आफू नेतृत्व लिन अग्रसर भएको बताउनुभयो ।
नेविसंघ , तरुणदल हुँदै कांग्रेसको राजनितीमा प्रबेश गर्नुभएको राईले पार्टिको थुप्रै जिम्मेवारी सम्हालिसक्नुभएको छ । जिल्ला सदस्य , महाधिबेसन प्रतिनिधि तथा महासमिती सदस्यको जिम्मेवारी कुसलतापुर्वक समालिसक्नुभएका राई उक्त क्षेत्रमा निक्कै लोकप्रिय हुनुहुन्छ ।

क्षेत्रीय सभापतिका उमेद्वार राईको अर्को चिनारी फुटबल हो। उहाँले नेतृत्व गरेर पुर्वान्चलमा थुप्रै फुटबलका खेल भएका छन । रास्ट्रीय खेलाडिको रुपमा समेत खेल खेलेका राईले फुटबल र राजनिती दुबै स्थानमा आफुलाई अब्बल साबित गर्नुभयो । नगरप्रमुखको जिम्मेवारी प्राप्त गर्नु अघि उहाँ रास्ट्रीय खेलकुद समितिको पुर्वान्चल उपाध्यक्ष भएर काम गर्नुभएको थियो ।
बुढाबुढिको साहारा , युवाहरुको मार्गदर्शक र आम जनताको कुशल नेतृत्वकर्ता भएर लेटाङ नगरपालिकालाई देश कै नमुना नगरपालिका बनाउन अहोरात्र लागिरहनुभएको छ । उहाँले हाल मोरङ क्षेत्र नं. १ लाई एक नं. पार्टि बनाउन र संगठनलाई चलायान , गतिशील बनाउन साथै यो क्षेत्रमा कांग्रेसको पकड बनाउन आफुले नेतृत्व गर्न चाहेको प्रष्ट पार्नुभयो ।

प्रकाशित मिति: २०२१-११-१४ , समय : १९:१३:४४ , २ वर्ष अगाडि