Enepal Patra Pvt. Ltd. , ६४२ पटक हेरिएको

लेटाङ, २६ कार्तिक । नेपाली कांग्रेसको १४ औ महाधिबेसन नजिकिदै गर्दा कांग्रेसमा प्रबेश गर्नेहरुको लर्को लाग्न थालेको छ । नेकपा माओबादि केन्द्रका नगर सदस्य टेक वीर लिम्बुको नेतृत्वमा माओबादी र एमाले पार्टि परित्याग गरि बिहिबार ३८ जना नेपाली कांग्रेस प्रबेश गरेका छन ।
नेपाली कांग्रेस पार्टिले मात्र नेपाली जनताको हितमा काम गर्ने निश्कर्ष सहित आफू कांग्रेस प्रबेस गरेको लिम्बुले बतानुभयो ।
नबप्रबेसिहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल सरकारका रक्षा मन्त्री डाक्टर मिनेन्द्र रिजाल तथा नेपाली कांग्रेसका जिल्ला सभापती डिगबहादुर लिम्बुले टीका ,खादा लगाएर स्वागत गर्नुभयो ।
नबप्रबेसिहरुलाई महासमिती सदस्य तथा नगरप्रमुख शंकर राई, जिल्ला सदस्य ईन्द्र माबोहाङ, नगरसभापती दिपकचन्द्र राई लगायतले विशेष भुमिका निर्वाह गर्नुभएको थियो ।
कार्यक्रममा कृष्ण प्रसाद भट्टराई स्मृति भवनको सिलन्यास गरिएको थियो ।
प्रकाशित मिति: २०२१-११-१२ , समय : १३:३१:१२ , ३ वर्ष अगाडि