इटहरी र लेटाङ रातो सेमिफाईनलमा प्रबेश

Enepal Patra Pvt. Ltd. , ४३६  पटक हेरिएको

लेटाङ, १५ कार्तिक। इटहरी र लेटाङ रातो भलिबल क्लव तेस्रो लेटाङ नगर मेयर कप प्रदेश नं १ स्तरीय खुल्ला नकआउट पुरुष भलिबलको सेमिफाइनलमा पुगेको छ । आज९सोमबार० भएको खेलमा इटहरी र लेटाङ रातो भलिबल क्लव विजयी भएको हो ।

पहिलो खेलमा इटहरीले जेफाले सिंहदेवीविरुद्ध २५–२०,२५–१४,२१–२५,२५–१८ को जित निकालेको छ । भने दोस्रो खेलमा लेटाङ रातो भलिबल क्लबले केराबारीविरुद्ध २५–२१,२५–१३,२५–१८ को जित निकालेको छ ।

आजको खेलमा म्यान अफ दी म्याच जेफाले सिंहदेवीका तिलक कार्की र केराबारीको मटन तामाङ भएका छन् । भोलि सम्पन्न हुने खेलमा पथरी–लेटाङ रातो भलिबल क्लब र लेटाङ निलो भलिबल क्लब–ईटहरीको खेल हुने आयोजकले बताएको छ ।

प्रकाशित मिति: २०२१-११-०१ , समय : १९:३७:०० , २ वर्ष अगाडि