काठमाडौँ, १५ कात्तिक । काठमाडौँ महानगरपालिका– ११ मा जनप्रतिनिधि र समुदायको संयुक्त प्रयासमा भूमाफियाको चङ्गुलबाट फिर्ता गरिएको जग्गामा आकर्षक उद्यान निर्माण सुरु गरिएको छ ।

बुद्धनगरस्थित संयुक्त राष्ट्रसङ्घ उद्यानको दुई रोपनी तीन आना जग्गामा बाटिका निर्माण सुरु गरिएको हो । वाग्मती प्रदेश पूर्वाधार विकास साझेदारी योजनाअन्तर्गत रु २० लाख बजेटमा आकर्षक वाटिका निर्माण भइरहेको छ । वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको सक्रियतामा वाटिका निर्माणका लागि डिजाइन सम्पन्न गरी वाटिकालाई आकर्षकस्थलका रुपमा विकास गर्ने काम अघि बढेको हो ।

स्थानीयवासीलाई आवश्यक परेका बेला खुला स्थानका रुपमा प्रयोग गर्न, तरोताजा हुन एवं प्राकृतिक विपत्तिका बेला समुदायले उपयोग गर्ने गरी व्यवस्थापन गर्न लागिएको वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकारले बताउनुभयो । वाटिका निर्माणपछि संयुक्त राष्ट्रसङ्घ उद्यानअन्तर्गत नै राखी यसको व्यवस्थापन गरिने काठमाडौँ–१० का सदस्य नरोज अर्यालले राससलाई जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसङ्घ उद्यानको व्यवस्थापन हाल अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले गर्ने गरेको छ । नदी किनारमा वाटिका निर्माणपछि वाग्मती सफाइ महाअभियानमा पनि सहयोग पुग्ने आशा गरिएको छ । यसैगरी वडा नं १० र ११ मा सार्वजनिक जग्गा मिची बनेका संरचना भत्काएर आकर्षक उद्यान निर्माण गर्न स्थानीय सरकारसँग मिलेर काम गरिएको प्रदेशसभा सदस्य श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

संवाददाता : अनन्तराम बराल

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2022 Enepal Patra Pvt. Ltd.