१८ लाख लिएर ‘रत्नपार्क’ मा काम गर्दै भिटेन

Enepal Patra Pvt. Ltd. , ७२९  पटक हेरिएको

काठमान्डाै, १९ अशाेज ।  अहिले सामाजिक सञ्जालमा र्‍यापर समिर घिसिङ ‘भिटेन’ले १८ लाख पारिश्रमिक लिएर ‘रत्नपार्क’ मा काम गर्ने खबर चर्चामा छ । ‘रत्नपार्क’ बुढासुब्बा ओर्जिनलको निर्माणमा बन्न लागेको फिल्म हो ।
बुढासुब्बा ओर्जिनलले सातवटा फिल्म निर्माण गर्दै छ । जसमध्येको एउटा प्रोजेक्ट ‘रत्नपार्क’ पनि हो । फिल्मको आधिकारिक घोषणा हुन बाँकी रहे पनि भिटेनले ‘रत्नपार्क’का लागि १८ लाख रुपैयाँ पारिश्रमिक लिएको चर्चा छ ।

प्रकाशित मिति: २०२१-१०-०५ , समय : १०:५७:०४ , ३ वर्ष अगाडि