होम पेन, ४ असोज । कम्बोडियामा कुल जनसङ्ख्याको ७५ प्रतिशतभन्दा बढीले कोरोनाभाइरसविरुद्धको खोप लगाइसकेको पाइएको छ ।

कूल एक करोड २० लाखभन्दा बढी अर्थात ७५।३ प्रतिशत मानिसले कम्तीमा एउटा खोप लगाएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

कम्बोडियामा अहिले एक करोड ६० लाखभन्दा बढी जनसङ्ख्या रहेको छ । ती मध्ये एक करोडभन्दा बढीले खोपको पुरा मात्रा लगाएका छन् । यो सङ्ख्या ६४ प्रतिशतभन्दा बढी हुन्छ ।

त्यसैगरी ५।२ प्रतिशत अर्थात् आठ लाख ३० हजार ८१४ जनाले अतिरिक्त मात्रा खोप पनि लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यही सेप्टेम्बर १९ सम्मको विवरण अनुसार दुवै खोप लगाएका एक करोड मध्ये ९८।२७ प्रतिशत प्रौढहरु रहेका छन् ।

दक्षिण पूर्वी एसियाली राष्ट्र कम्बोडियामा गत फेब्रुअरीदेखि कोरोनाभाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको थियो ।

कम्बोडियामा खोप उपलब्ध गराउने मुलुकमध्ये चीन मुख्य देश हो । कम्बोडियाका राष्ट्रपति सम्बेच तेचो हुनसेनले चिनियाँ खोपले कोरोनाभाइरसको महामारी न्युनिकरणका लागि ठूलो सहयोग भएको बताउनुभएको छ ।

कम्बोडियामा पछिल्लो एक दिनमा ६२२ जना नयाँ सङ्क्रमितहरु थपिएको विवरण सरकारी अधिकारीहरुले सोमबार सार्वजनिक गरेका छन् । योसँगै देशभरी अहिलेसम्म कूल सङ्क्रमितहरुको सङ्ख्या एक लाख चार हजार ७१६ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएसँगै कम्बोडियामा कोरोनाका कारण अहिलेसम्म दुई हजार १२३ को मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

संवाददाता : अनन्तराम बराल

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2022 Enepal Patra Pvt. Ltd.