महिला जनप्रतिनिधिका परिवारका सदस्यलाई अभिमुखिकरण कार्यक्रम

Enepal Patra Pvt. Ltd. , २२०  पटक हेरिएको

लेटाङ, ३ असोज । महिला जनप्रतिनिधिका परिवारका सदस्यलाई अभिमुखिकरण कार्यक्रम गरिएको छ । दलित महिला केन्द्र नेपालको आयोजनामा स्विस सरकार र अस्ट्रेलियन एडको आर्थिक सहयोग र आईफेसको प्राबिधिक सहयोगमा “सि लिड्स” कार्यक्रम अन्तरगत जनप्रतिनिधिका परिवारका सदस्यलाई एकदिने अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला प्रमुख अतिथी र लेटाङ नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत अच्युत प्रसाद दाहाल बिशिस्ट अतिथि हुनुहुन्थ्यो ।

कार्यक्रममा उपस्थित भएका जनप्रतिनिधिहरुका परिवारका सदस्यले आफ्ना घरका सदस्य जनप्रतिनिधी भए पनि उनिहरुलाई आफुले गर्नुपर्ने सहयोगका बिसयमा अन्योल भएको कुरा अभिमुखिकरण पछि आफुले बुझेको र अझ धेरै सहयोग गर्ने बताए ।
कार्यक्रमको सहजिकरण दलित महिला नेपालका कार्यक्रम निर्देशक तेजेन्द्र गुरुङले र मोरङ जिल्ला संयोजक निलम ढुङेलले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२१-०९-१९ , समय : १८:२६:०४ , ११ महिना अगाडि