एनसिई मोरङको अगुवाईमा बालदिवश मनाईयो

Enepal Patra Pvt. Ltd. , ७०९  पटक हेरिएको

विराटनगर, ३० भदौ । बाल दिवशको अवशरमा मोरङको बुढीगंगा गाउँपालिकामा कार्यक्रम गरिएको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल एनसिई मोरङ शाखा, ग्रेनाइट एकाडेमी, द्रुत प्रतिकार्य केन्द्र र सिदार्थ वाल क्लवको संयुक्त आयोजनामा ५७ औ वाल दिबस मनाईएको हो ।
४ दिवशिय कार्यक्रममा क्रमशः २६ गते चेस प्रतियोगिता, २७ गते हाजिरिजबाफ, २८ गते सचेतनामुलक सडक नाटक र २९ गते सचेतनामुल सडक ¥याली गरेर औपचारिक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिएको एनसिई मोरङका अध्यक्ष विनोद भण्डारीले जानकारी दिनुभयो ।
कार्यक्रममा बुढिगंगा गाउँपालिका भरिको करिब एक सय विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रममा समाजसेवी तथा राजनीतिज्ञ जितनारायण थापामगरले बालबालिकाको समग्र विकासको लागि असल शिक्षाको जरुरी हुने बताउनुभयो । ब्यवहारिक शिक्षाले वालवालिको भविष्य उज्वल वनाउने वताउनुभयो ।
कार्यक्रममा स्थानिय जनप्रतिनिधी ,समाजसेवीहरुको समेत उपस्थिती रहेको थियो ।
समापन कार्यक्रममा एनसिई मोरङका अध्यक्ष भण्डारीले बाल अधिकार र कर्तव्यका विषयमा धारणा राख्नुभएको थियो ।

कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका अध्यक्ष राजेश कुमार दाशले बालबालिकालाई प्राविधिक ,ब्यवहारिक र नैतिक शिक्षाको आवश्यकता रहेको बताउनुभयो ।

 

प्रकाशित मिति: २०२१-०९-१५ , समय : २१:२४:५६ , ३ वर्ष अगाडि