नोवेल अस्पतालमा मृगाैलाकाे सफल प्रत्यारोपण श्रीमतीले दिइन् मृगौला

बिराटनगरमा पहिलो पटक नोबेलले यो सेवा सुरु गरेको हो

विराटनगर, २९ भदाै। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले प्रदेश १ मै पहिलो पटक मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । श्रीमतीको मृगौला श्रीमानको शरिरमा सफलतापूर्वक प्रत्यारोपण गरेर नोबेलले यो सेवा सुरु गरेको हो ।

सुनसरीको धरान–६ का ३३ वर्षीय टेकनाथ भुर्तेलको शरिरमा उनकी श्रीमती ३३ वर्षीया नन्दकुमारीको मृगौला सफलतापूर्वक प्रत्यारोपण गरिएको नोबेल अस्पतालका सञ्चालक डा।सुनिल शर्माले जानकारी दिए । ‘नोबेलमा सफलतापूर्वक मृगौला प्रत्यारोपण गरिएको छ,’ डा।शर्माले भने, ‘प्रदेश १ मै पहिलो पटक नोबेलले मृगौला प्रत्यारोपण थालेको हो । अब, नियमित रुपमा मृगौला प्रत्यारोपण सेवा सञ्चालन गर्छौं ।’ अहिले संघीय राजधानीमा मात्र मृगौला प्रत्यारोपण सेवा उपलब्ध छ । पूर्वी नेपालमा पहिलो पटक नोबेलमा यो सेवा सुरु भएको हो ।

नोबेलका मृगौला रोग विशेषज्ञ तथा मृगौला प्रत्यारोपण फिजिसियन डा।शैलेन्द्र श्रेष्ठ र यूरोलोजिष्ट तथा मृगौला प्रत्यारोपण शल्य चिकित्सक डा।रामसागर शाहको नेतृत्वमा यो सेवा सुरु गरिएको हो । नोबेलका मृगौला प्रत्यारोपण शल्यचिकित्सक डा। शाहसहितको टिमले गत शनिवार भुर्तेलको शरिरमा सफलतापूर्वक गरेको हो । मृगौला प्रत्यारोपणका लागि सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक प्रा।डा।प्रेम ज्ञवाली, डा।दिपेश श्रेष्ठ, एनएसथियोलोजिष्ट अर्चन अधिकारीसहितको टिमले सहयोग गरेको थियो ।

ल्याप्रोस्कोपिक विधिबाट श्रीमतीको बायाँ मृगौला निकालेर श्रीमानको पेट चिरेर दायाँतर्फ राखिएको डा।शाहले जानकारी दिए । ‘मृगौला प्रत्यारोपण थालेको पहिलो पटक नै नेपालका कुनैपनि अस्पतालले ल्याप्रोस्कोपिक विधिबाट मृगौला निकालेर प्रत्यारोपण गरेका छैनन्, हामीले पहिलो पटक नै ल्याप्रोस्कोपिक विधि प्रयोग गर्यौं,’ उनले भने ।

दुई वर्ष अघिदेखि दुवै मृगौला ‘फेल’ भएपछि टेकनाथ नियमित डाइलाइसिस गराउँदै आएका थिए । मृगौला प्रत्यारोपणपछि अहिले श्रीमान–श्रीमती दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको मृगौला प्रत्यारोपण फिजिसियन डा।श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘मृगौला प्रत्यारोपण सफल भएपछि उहाँले डाइलाइसिस गरिरहनु पर्दैन, सामान्य दैनिकीमा फर्कनुहुन्छ । औषधि भने खाइरहनुपर्छ ।’

नोबेल अस्पतालका निर्देशक डा।राजेश नेपालका अनुसार मृगौला प्रत्यारोपण सेवा सञ्चालनका लागि अनुमति माग गर्दै नोबेलले २०७६ भदौ महिनामा दरखास्त दिएको थियो । स्वास्थ्य सेवा विभागको अङ्ग प्रत्यारोपण समन्वय समितिको गत साउन १ गतेको निर्णय बमोजिम नोबेललाई मृगौला प्रत्यारोपणका लागि अनुमति दिइएको हो । दुवै मृगौला पूर्ण रुपमा ‘फेल’ भएका विरामीहरुलाई मृगौला प्रत्यारोपण गर्ने गरिन्छ । नोबेलले यो सेवा सुरु गरेपछि पूर्वी नेपालका मृगौला विग्रिएका विरामीहरुलाई सहज भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.