जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी आठ महिनापछी पक्राउ

Enepal Patra Pvt. Ltd. , ५६९  पटक हेरिएको

चैनपुर, २९ असार । ईलाका प्रहरी कार्यालय चैनपुरले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला संखुवासभा मादी नगरपालिका ५ घर भएका बर्ष ३१ को ज्ञान बहादुर मोक्तानलाई घटना घटेको आठ महिनापछी प्रहरीले पक्राउ गरेको हो ।
निज प्रतिवादीले जिल्ला संखुवासभा मादी नगरपालिका कि ३६ वर्षीय महिलालाई २०७७र०८र१८ गते घरमा एक्लै भएको समयमा जबरजस्ती करणी गरेका थिए । निज प्रतिवादी मोक्तानले मिति २०७७ मङ्सिर १८ गते जबरजस्ती गरेको भनी २०७७ मङ्सिर २२ गते ईलाका प्रहरी कार्यालय चैनपुरमा जबरजस्ती करणीको कसुर अपराधमा किटानी जाहेरी पर्नासाथ प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान सुरु गरेको थियो । घटना घटाएको चार दिन पछी मात्र प्रहरीलाई पिडित महिलाले जानकारी दिएकाले अभियुक्त घटना घटाए लगत्तै फरार रहेका रहँदै आएका थिए । लामो समय देखि फरार रहेका उनी जिल्ला बाहीर बिभिन्न स्थानमा गई लुकीछिपि बसेको अनुसन्धानबाट खुलेको छ । अनुसन्धानबाट खुल्न आएका तथ्यको आधारमा ईलाका प्रहरी कार्यालय चैनपुरले मातहत प्रहरी चौकी मादी राम्बेनीबाट निज फरार प्रतिवादीको खोजतलासको लागी खटाएको बिशेष टोलीले निज प्रतिवादीलाई आफ्नै गाउँमा लुकिछिपि बसेको अवस्थामा मिति २०७८र०३र२८ गते पक्राउ गरेको ईलाका प्रहरी कार्यालय चैनपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए । पक्राउ प्रतिवादीलाई सोमवार नै सम्मानित जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरीएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले बताए ।

प्रकाशित मिति: २०२१-०७-१३ , समय : १३:२४:२६ , ३ वर्ष अगाडि