वाग्मती, १० असार। जिल्ला प्रशासन कार्यालय मकवानपुरले यही असार १३ गतेदेखि सेवाप्रवाह पुनः शुरु गर्ने जनाएको छ । कोरोना कहरका कारण करि दुई महिनादेखि अवरुद्ध रहेका विभिन्न सेवा पुनः सञ्चालन गर्न लागिएको हो । नयाँ नागरिकता, प्रतिलिपी र राहदानी बनाउन आउने सेवाग्राहीका लागि पालिकाअनुसार दिन निश्चित तय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा नागरिकता तथा राहदानी बनाउन आउने सेवाग्राहीलाई निश्चित गरिएको हो ।

थाहानगर, कैलाश, राक्सिराङ र इन्द्रेसरोबर गाउँपालिकाका सेवाग्राहीलाई नागरिकता तथा राहदानीसम्बन्धी कार्यका लागि मङ्गलबार र बुधबार आउन भनिएको छ । त्यसैगरी मनहरी, वाग्मती, बकैया मकवानपुरगढी र भीमफेदी गाउँपालिका सेवाग्राहीले बिहीबार र शुक्रबार नागरिकता, प्रतिलिपि र राहदानी बनाउन पाउनेछन् । हेटौँडा उपमहानगरका सेवाग्राहीलाई आइतबार र सोमबार नागरिकता तथा राहदानीसम्बन्धी सेवा प्रदान गरिनेछ ।

कोरोनाको सङ्क्रमणबाट बच्न र कार्यालयमा भिडभाड कम गर्न बारअनुसार सेवा प्रवाह तोकिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । सेवाग्राहीलाई सेवा लिन कार्यालय आउँदा अनिवार्यरू मास्क लगाई स्वास्थ्य मापदण्ड पालन गर्नसमेत भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.