मनमोहन फाउन्डेसन द्धारा स्वास्थ्य सामाग्री वितरण

Enepal Patra Pvt. Ltd. , ६१६  पटक हेरिएको

माेरङ, २८ जेठ । भरतमोहन अधिकारी स्मृती फाउन्डेसन नेपालले लेटाङ नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । विभिन्न सामाजिक कार्य गर्दै आएको फाउन्डेसनले स्वास्थ्य कर्मी तथा जनप्रतिनिधीहरुलाई कोभिड नियन्त्रणमा खटिने क्रममा आवश्यक पर्ने सामाग्री वितरण गरेको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो । पिपिई, सेनिटाईजर, बुट, मास्क, फेस सिल्ड सर्जिकल पञ्जा लगायतका सामाग्री प्राप्त भएको नगरप्रमुख राईले जानकरी दिनुभयो ।
कोरोनाको यो विसम परिस्थितीमा फाउन्डेसनले गरेको उक्त सहयोगका लागि नगरप्रमुख राईले धन्यवाद सहित आभार ब्यक्त गर्नुभयो ।

 

प्रकाशित मिति: २०२१-०६-११ , समय : २०:४१:१२ , ३ वर्ष अगाडि