कोरोनाका बिरामिको उपचार लेटाङमा सुरु

Enepal Patra Pvt. Ltd. , १०४९  पटक हेरिएको

लेटाङ, ३० बैशाख । लेटाङ नगरपालिकाले लेटाङ क्याम्पसमा स्थापना गरेको कोभिड अस्पतालमा बिरामिको उपचार सुरु गरिएको छ ।
लेटाङकी एक जेष्ठ नागरिकलाई कोभिड संक्रमण भएर उपचारको जरुरत भएपछी उक्त अस्पतालमा उपचार सुरु गरिएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले बताउनुभयो । उहाँले कोभिडका बिरामिलाई उपलब्ध ऐलेका सबै प्रबिधी लगाएर उपचार गरिने उहाँले बताउनुभयो ।
१५ बेडको अस्पतालमा २२ वटा अक्सिजन तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो । डाक्टरको दैनिक निगरानिमा उपचार हुने समेत नगरप्रमुख राईले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२१-०५-१३ , समय : १७:०८:३८ , ३ वर्ष अगाडि