मोरङ जिल्लाभरी झन कडा निषेधाज्ञा (आदेशसहित)

Enepal Patra Pvt. Ltd. , १०७६  पटक हेरिएको

विराटनगर, २४ बैशाख । जिल्ला प्रशासन कार्यालयले शुक्रबारदेखि निषेधाज्ञालाई झन कडा बनाउँदै एक हप्ताका लागि निषेधाज्ञा अवधि थपेको छ ।

बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकपछि प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले विभिन्न २३ वटा बुँदामा निषेधाज्ञा आदेश जारी गरेका हुन् ।

कोरोना भाइरस ९कोभिड १९० को दोस्रो लहरमा संक्रमण दर दैनिक बढेको र भारतसहित छिमेकी जिल्लाहरुमा समेत फैलिइरहेको भन्दै प्रशासनले संक्रमण नियन्त्रणका लागि भन्दै २०७८ बैशाख २४ गते राती अर्थात आज शुक्रबारदेखि आगामी जेठ १ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको हो ।

प्रशासनले पहिलो चरणमा बैशाख १८ गते राती १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा आदेश जारी गरेको थियो ।

उक्त आदेशको अवधि सकिनु एक दिन अघि नै जिल्लाभरी आदेश लागू हुने गरी संसोधनसहित नयाँ आदेश जारी गरिएको जनाइएको छ ।

यसअघि विराटनगर महानगरपालिका, बुढिगंगा गाउँपालिकासहित निश्चित स्थानीय तह र वडाहरुमा मात्रै लागु हुने गरी निषेधाज्ञा गरिएको थियो ।

प्रकाशित मिति: २०२१-०५-०७ , समय : १२:०१:०५ , ३ वर्ष अगाडि