लेटाङमा कोरोनाका विरामी बढ्दै

Enepal Patra Pvt. Ltd. , ७४७  पटक हेरिएको

लेटाङ, १६ बैशाख । लेटाङमा कोरोनाका विरामी बढ्न थालेका छन् । यो हप्ता भित्रमा लेटाङमा ११ जना संक्रमित भएका छन् । संक्रमित मध्ये १ जनाको अवस्था जटिल बन्दै गएपछि अस्पताल भर्ना गरिएको छ भने बाँकी होम आईसोलेसनमा रहको लेटाङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महेन्द्र चौधरीले जानकारी दिनुभयो ।

२ नं वडाका २१ जनामा परिक्षण गरिएकोमा ९ जनामा कोरोना संक्रमण देखिएको हो भने ४ दिन अघि ३ जनालाई देखिएको हो । हाल लेटाङ नगरपालिकाको २ नं. वडाका साकोस चौक लगायतका ठाँउलाई सिल गएिको छ ।
नगरपालिकाले पुर्व तयारी गर्न भन्दै लेटाङ क्याम्पसमा कोभिड अस्पताल सारेर सेवा दिने निर्णय गरिएको स्वास्थ्य संयोजक चौधरीले जानकारी दिनुभयो ।

 

नरगपालिकाले हाल घरवाट बाहिर ननिस्कन , निस्कनै परे मास्क लगाउन र समय समयमा सावुन पानीले हात धुन आग्रह गरेको छ ।

प्रकाशित मिति: २०२१-०४-२९ , समय : १६:२८:४४ , ३ वर्ष अगाडि