घट्ना दर्ता, सामाजिक सुरक्षा तथा गुनासो दर्ताको शिविर संचालन सम्बन्धी अभिमुखिकरण

Enepal Patra Pvt. Ltd. , ७३९  पटक हेरिएको

लेटाङ, १४ बैशाख । जन्म, मृत्यु, बसाईसराई, सम्बन्ध विच्छेद जस्ता घट्नालाई अनिवार्य दर्ता गर्नुपर्ने साथै सामाजिक सुरक्षा तथा गुनासो दर्ताको शिविर संचालन गर्ने उदेश्यले लेटाङ नगरपालिकाले यसको थालनी गरेको छ ।

शुक्रबार देखी २ दिन अभिमुखी कार्यक्रम र थप १ दिन विवरण संकलकलाई तालिम गरी जम्मा ३ दिन पश्चात वडाका विभिन्न ठाँउमा शिविर राखेर घट्ना दर्ता सुरु गरएिको हो । ब्यक्तिगत घट्ना दर्ता तथा सामाजिक सुरक्षा र गुनासो सुनुवाईका लागि दर्ता शिविर संचालन सम्बन्धी अभिमुखिकरण गरि दर्ताको काम सुरु गरएिको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सहजिकरण लेटाङ नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहालले गर्नुभएको थियो भने सामाजिक सुरक्षा तथा पंजिकरण शाखाका सन्जय राई तथा भरत दाहालले यसको ब्यवस्थापन गर्नुभएको थियो ।

हाल सम्म लेटाङका ३,४,५,६ र ७ नंम्बर वडामा यहि बैशाख १३ गते देखी घट्ना दर्ता शिविर गरिरहेको पंजिकरण शाखाका संजय राईले जानकारी दिनुभयो । बाँकी वडामा समेत तालिका बमोजिम घट्ना दर्ता गरिरहेको राईले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२१-०४-२७ , समय : १५:५८:२९ , ३ वर्ष अगाडि