राजारानी आरुवोटे मुल सडकको स्तरउन्नती हुदैँ

Enepal Patra Pvt. Ltd. , ४६२  पटक हेरिएको

लेटाङ १४ बैशाख । राजारानी आरुवोटे मुल सडकको स्तर उन्नती तथा मोड सुधार गर्न सुरु गरिएको छ । स्तर उन्नती गरिरहेको सडकको लेटाङ नगरपालिकाका प्रमुख शंकर राई सहित प्राविधिक टोलीले सोमवार अनुगमन गरेको छ ।

सडकका घुम्ती मोडहरु साँघुरो भई यातायातलाई असजिलो भईरहको र यसले कति पय ठाँउमा दुर्घट्ना समेत निम्त्याएको हुनाले नगरपालिकाले सडकको स्तर उन्नती गरेको नगरप्रमुख शंकर राईले जानकारी दिनुभयो । नगरपालिकाले लेटाङका पहाडी ठाउँहरुमा पर्यटन सहितको पुर्वाधार विकासमा गुरु योजना वनाएर अगाडी बढिरहेको बताउदै नगरप्रमुख राईले पहाडमा कालोपत्रे सडक निर्माण गर्न सके लेटाङको मुहार पुरै फेरिएर विकासले फड्को मार्ने बताउनुभयो । पहाडका पुरै ठाउँ पर्यटकीय रहे पनि कालोपत्रे सडक बनाउन नसक्दा पर्यटकहरु आउन नसकिरहेको उहाँको भनाई छ । उहाँले पहाडी क्षेत्रका सडक निर्माणका लागि नगरपालिकाले माथिल्लो निकायमा प्रस्ताव गरिसकेको र चाडैनै यसको सुनुवाई हुुने कुरामा आफु ढुक्क रहेको बताउनुभयो ।

नगरपालिकाको २५ लाख र निर्वाचन क्षेत्र विकास पुर्वाधार वाट १० लाखको सहयोगले मोड सुधार तथा वाटो स्तर उन्नती भईरहको र यो काम जेठ मसान्त सम्म सम्पन्न गर्नुपर्ने लेटाङ नगरपालिकाका सव ईन्जिनियर अषेश श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२१-०४-२७ , समय : १५:५४:५९ , ३ वर्ष अगाडि