सगरमाथा अञ्चल अस्पतालमा तनाव स् मृतकका आफन्त, प्रहरी र व्यवस्थापनबीच वार्ता जारी

Enepal Patra Pvt. Ltd. , ६५५  पटक हेरिएको

दिनेश शर्मा

राजविराज २०७५ माघ २ । सगरमाथा अञ्चल अस्पतालमा जारी तनाव साम्य पार्न अहिले मृतकका आफन्त, प्रहरी र अस्पताल व्यवस्थापनबीच वार्ता चलिरहेको छ।

उपचारका क्रममा सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ कोचाबखारीका ४० वर्षीय सहदेव सदाको बिहान ७ बजे मृत्यु भएपछि उनका आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका थिए।

अस्पतालका निमित्त मेसु रञ्जित झाले भने बिरामीको मृत्यु स्वाभाविक भएको बताएका छन्। हाइपोथर्मिया (शरीर चिस्सिएको) अवस्थामा सदालाई अस्पताल भर्ना गरिएको र उपचारका सबै प्रक्रया सुरु भइसकेपछि मृत्यु भएको उनले जानकारी दिए। अस्पताललाई बदनाम गर्न अनावश्यक रुपमा आन्दोलनको स्वरुप तयार गरिएको उनको भनाइ छ।

सलाइन चढाउनेबित्तिकै सदाको मृत्यु भएको आफन्तको आरोप छ।

स्थिति नियन्त्रणमा लिन डिएसपी भावेश रिमालको कमान्डमा यतिबेला अस्पतालमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

मृतकका परिवार बाहिर रुवाबासी गरिरहेका छन्। उनको पोस्टमार्टम भएको छैन।

प्रकाशित मिति: २०१९-०१-१६ , समय : १६:०४:४७ , ५ वर्ष अगाडि