बैतडीमा बस दुर्घटना २१ घाइते, ६ गम्भीर

गोकर्ण दयाल , ८८९  पटक हेरिएको

बैतडी, असोज ११ गते । शनिबार विहानै बैतडीमा बस दुर्घटाना भएको छ । महेन्द्रनगरबाट बैतडीको मेलौलीका लागि छुटेको ना। ४ ख ४०१९ नम्बरको रात्रीबस शनिबार विहान ३ बजेर दुई मिनेटमा बैतडीको पाटन नगरपालिका–६ लोर्खामा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर २१ जना घाइते भएका छन् भने ६ जनाको अवस्था गम्भीर रहेको डडेल्धुरा उपक्षेत्रीय अस्पताल रेफर गरिएको ईलाका प्ररहरी कार्यालय पाटन बैतडीका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले बताउनुभयो । अन्य घाइतेको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।

दुर्घटनमा घाईते भएर रेफर हुनेमा मेलौली नगरपालिका–६ का ६ वर्षिय बालक रबिन्द्र नेगी, कञ्चपुर भीमदत्त नगरपालिका–५, का १२ वर्षिय सजल दयाल, सोही ठाउँका वर्ष ६६ का किशन दयाल, भीदत्त नगरपालिका १०, का ३३ वर्षिया सीतादेवी चन्द, भारतको बनवासा घर भएका वर्ष ५२ का जगतसिंह चौहान, डडेल्धुरा अमरगडी नगरपालिका बसपार्क बस्ने वर्ष २६ का केशव साउद रहेका छन् ।

दुर्घटनामा परि सामान्य घाईते हुनेमा भीमदत्त नगरपालिका १० का कुन्दन चन्द, सोही ठाउँ बस्ने मनिशा चन्द, मेलौली नगरपालिका–५ का उमेश भट्ट ९ वर्ष १९० मेलौली नगरपालिका –७ का देवदत्त भट्ट ९ वर्ष ४२० मेलौली नगरपालिका–२ का मीना दमाई, ९ वर्ष ४१० बहादुर दमाई ९ वर्ष ४२० शिवनाथ गाउँपालिका–२ का सरिता राना – वर्ष ३३० जानकी राना ९वर्ष ३४० जीवन राना ९वर्ष ३८० अमित राना ९वर्ष ६० माया राना ९ वर्ष १४० रोशन राना ९वर्ष १४० सुरज राना ९वर्ष ८० आरती राना ९वर्ष ८० रहेका छन्।

दुर्घटनामा परेर बस सडकबाट पाँच मिटर तल खेतमा खसेको छ । साँघुरो सडकमा दायाँतिरको खाल्डो जोगाउन खोज्दा बस कच्ची माटोमा धसिएर पल्टिएको ईलाका प्रहरी कार्यालय पाटन बैतडीले जानकारी दिएको छ ।

यसैवीच पाटन नगरपालिका वडा नम्बर ८ धारी बस्ने वर्ष १४ का सुनिल महराको बाख्रा चराउन गएको बेला भीरबाट लडेर मृत्यु भएको छ । शुक्रवार भीरबाट लडेर गम्भीर घाईते भएका सुनिलको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचारको क्रममा शनिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०१९-०९-२८ , समय : ११:४९:२८ , ५ वर्ष अगाडि