आगलागी बाट मोरङको जंगल बिनास , आगो अझै नियन्त्रण बाहिर

Enepal Patra Pvt. Ltd. , ४४६  पटक हेरिएको

लेटाङ, २८ चैत । मोरङको लेटाङ ८ मा पर्ने शिबशक्ती सामुदायिक बनमा बिगत एकहप्ता देखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आज्ञात ब्यक्तिद्वारा लगाईएको आगो नियन्त्रणमा आउन नसकेको हो । स्थानिय बासिले आगो नियन्त्रणको प्रयास गरेपनी संभव हुन नसकिरहेको उक्त बनका अध्यक्ष धनबहादुर लिम्बुले बताए ।

आगलागी बाट बनको अधिकांस भाग जलेका छन भने बनमा रहेका रुखबिरुवाका साथै चराचुरुङी तथा बन्यजन्तु समेत मरेका छन ।

प्रकाशित मिति: २०२१-०४-१० , समय : १५:३०:५७ , ३ वर्ष अगाडि