बाख्रा श्रोत स्थापना कार्यक्रमको सार्वजनिक सुनुवाई

Enepal Patra Pvt. Ltd. , १३८३  पटक हेरिएको

लेटाङ, २७ चैत ।  ब्यबसायिक महिला बाख्रा पालन सहकारी संस्था लिमिटेड लेटाङ मोरङले बाख्रा श्रोत स्थापना कार्यक्रमको सार्वजनिक सुनुवाई गरेको छ ।
आज लेटाङ ३ बाख्रा बजारमा एक कार्यक्रमको आयोजना गरि पशुपंक्षी मत्स्य बिकास निर्देशानलयको बाख्रा पालन ब्यवसाय सुधार तथा विस्तारको समिक्षा सहितको सार्वजनिक सुनुवाई गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी नगरउपप्रमुख कृष्ण कुमारी निरौलाले भौगोलिक विषम कठिनाईका अवस्था रहेको लेटाङमा बाख्रापालनको ठूलो संभावना रहेको भएर यो कार्यक्रमले फड्को मार्नेमा आफू बिश्वस्त रहेको बताउनुभयो । लेटाङको पहाडी क्षेत्रमा बाख्रापालनको संभावनाहरुलाई बिज्ञद्वारा समेत संभावना देखेको भएर बाख्रालाई ब्यबस्थित गरेर पाल्न आवश्यक रहेको उपमेयर निरौलाले बताउनुभयो ।
लेटाङ नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत अच्युतप्रसाद दाहालले भएका कामहरुलाई अझै सुधार गरेर उच्चतम प्रतिफलको लागि छलफल गर्न आग्रह गर्नुभयो । छलफलका माध्यमबाट कार्यक्रमहरु उच्च सफलता हासिल गर्न सक्ने भएकाले यसलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।
वडा अध्यक्ष देबराज चाम्लिङ्ले आत्म निर्भर बन्नका लागि रचनात्मक काम गर्न आवश्यक रहने भएकाले बाख्रापालन ब्यवसाय वाट ठुलो आम्दानी गर्न सकिने वताउनुभयो । ब्यबसायलाई फरक पन दिन सक्दा समेत सफलता मिल्ने भएकाले स्वस्थ्य रुपमा बाख्रा पालन गरेर बृहत उत्पादन गर्न आवश्यक रहेको बताउनुभयो ।
पशुपंक्षी मत्स्य बिकास निर्देशानलयका पशु चिकित्सक रामनारायण साहले बाख्रापलनमा लेटाङले धेरै ठूलो फड्को मारिरहेको बताउनुभयो ।
कार्यक्रम संस्थाकी अध्यक्ष दिलमाया तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमलाई मृदुला गौतमले संचालन गर्नुभएको थियो ।

 

प्रकाशित मिति: २०२१-०४-०९ , समय : १८:३४:३३ , ३ वर्ष अगाडि