सहकारी सुशासन विषयक अन्तरक्रिया

Enepal Patra Pvt. Ltd. , ४८६  पटक हेरिएको

लेटाङ, १९ चैत । “मर्यादित ब्यवसाय, प्रविधिमा सहकारी” भन्ने नाराका साथ यस बर्ष मनाउन लागिएको ६४ औ राष्ट्रिय सहकारी दिवशको अवशर पारेर लेटाङ नगरपालिकाले एकदिने सहकारीमा सुशाषन भन्ने विषयमा अन्र्तक्रिया गरेको छ ।
आज उद्योग बाणिज्य संघ लेटाङको सभाहलमा भएको कार्यक्रमलाई लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले ब्यानर पढेर उद्घाटन गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख राईले सहकारी जनताको आवश्यकता पूर्ती गर्नका लागि मात्र नभई ब्यवसायिक र आर्थिक उपार्जनका लागि महत्वपूर्ण भुमिकामा रहेको बताउनुभयो । केही सहकारीहरुले सदस्यहरुका हितमा ठुलो काम गरिरहेको तर कतिपय सहकारीहरुले उपभोक्ताहरुलाई झुक्याईरहको समेत सुनिने गरेकोमा यस प्रति लेटाङ नगरपालिका चनाखो भएर काम गरिरहको बताउनुभयो ।
अर्को प्रसंग झिक्दै मेयर राईले लघुवितिय संस्थाहरुले स्थानिय तहमा समन्वय नगर्ने प्रविधि समेत बढेको र लघुवितियको कारोवारले धेरै मानिसहरु फसिरहेको खबर आफुलाई आएको प्रति ध्यान केन्द्रीत भएको बताउदै यसलाई नियमन गर्न आफु दृढ भएर लाग्ने बताउनुभयो ।
कार्यक्रममा उपमेयर कृष्णकुमारी निरौलाले सहकारीले समुदायको आर्थिक विकासमा टेवा दिईरहेको र सहकारीहरुलाई अझै ब्यवस्थित गरेर जनताको घरघरमा लाने प्रक्रिया सरकारले लिएको स्पस्ट पार्नुभयो ।

कार्यक्रमको सहजिकरण लेटाङ नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहाल र प्रदेश सहकारी रजिस्टार कार्यालय प्रदेश १ ईटहरीका रजिस्टार बलराम निरौलाले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा लेटाङ नगरपालिका भरीका सहकारी संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२१-०४-०१ , समय : १६:२९:५१ , ३ वर्ष अगाडि