आगलागि पिडितलाई नगरपालिकाद्धारा सहयोग

Enepal Patra Pvt. Ltd. , ४८७  पटक हेरिएको

लेटाङ १७ चैत । चैत १४ गते मोरङको लेटाङ ७ स्थित वारंगीमा आगलागि हुदाँ ३ घर जल्दा घरवार विहिन भएका परिवारहरुलाई लेटाङ नगरपालिकाले सहयोग गरेकोे छ ।

लेटाङ १ का टेकेन्द्र लिम्बु, किर्तिमाया लिम्बु र भिमराज लिम्बुको घर जलेर खरानी भएपछि परिवारको विचल्ली भएको थियो । आज लेटाङ नगरपालिकाले चामल ,ओढने , आच्छयाउने, त्रिपाल, खाना पकाउने भाडा, कराई,थाल गिलास, नुन, तेल, कपडा, चप्पल, ग्याँस सिलिन्डर तथा चुलो लगायतका सामाग्री दिईएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।

आगलागि भएपछि उक्त परिवारको विचल्ली भईरहेका बेला लेटाङ नगरपालिकाले उक्त सहयोग गरेको पिडित परिवारका तर्फवाट टेकेन्द्र लिम्बुले नगरपालिकालाई धन्यवाद दिएका छन् ।

 

प्रकाशित मिति: २०२१-०३-३० , समय : १६:२४:२६ , ३ वर्ष अगाडि