माथिल्लो तामाकोसीको अध्ययन भ्रमणमा जाँदै कृषि समितिको ११ सदस्यीय टोली

Enepal Patra Pvt. Ltd. , ५३८  पटक हेरिएको

काठमाडौं, १२ चैत । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले निर्माणाधीन माथिल्लो तामाकोशी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्ने भएको छ ।

बिहीबार बसेको समितिको बैठकले निर्माणाधीन माथिल्लो तामाकोशी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्नका लागि समिति सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा ११ सदस्यीय टोली गठन गरेको हो ।

भ्रमण टोलीमा घनश्याम खतिवडा, दल बहादुर राना, देवप्रसाद तिमल्सिना, पोल्देन छोपाङ गुरुङ, भुपेन्द्रबहादुर थापा, भूमिप्रसाद त्रिपाठी, राजबहादुर बुढाक्षेत्री, शान्ता चौधरी, शान्तिमाया तामाङ पाख्रिन, सत्यनारायण शर्मा खनाल रहनुभएको सभापति सुवेदीले बताउनुभयो ।

अध्ययन भ्रमणमा आउनका लागि उक्त आयोजनाले बारम्बार बोलाइरहेकोले अध्ययन भ्रमणमा जान लागिएको सभापति सुवेदीले बताउनुभयो ।

प्रकाशित मिति: २०२१-०३-२५ , समय : १४:०६:५४ , ३ वर्ष अगाडि