रवि लामिछाने सहित हिरासतमा रहेका ३ जना रिहा

Enepal Patra Pvt. Ltd. , ९४८  पटक हेरिएको

काठमाडौं, भदौ ९ । चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या गर्न ‘दुरुत्साहन’ गरेको अभियोग लागेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई ५ लाख धरौटी मागेको छ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुडासैनीको आत्महत्या दुरूत्साहन मुद्दा लागेका लामिछानेलाई ५ लाख धरौटी, युवराज कँडेललाई ३ लाख र अस्मिता कार्की रूकुलाई सामान्य तारेखमा छोडेको हो। उनीहरूलाई विदेशमा जान नपाउने गरि तारेखमा छोडेको लामिछानेका वकिल सुनिल पोखरेलले जानकारी दिए।

आइतबारदेखि भएको तीन जनाको बयान र बहसपछि जिल्ला अदालतले यस्तो निर्णय गरेको हो।

जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसहित ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका युवराज कँडेल र अस्मिता कार्की ९रूकु० लाई दुरूत्साहनको अभियोगमा आइतबार जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो।

लामिछानेसहित तीन जनालाई पाँच वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति: २०१९-०८-२६ , समय : १८:४९:१९ , ५ वर्ष अगाडि