धरान सिटी एकेडेमी फाइनल प्रवेश,उपाधिका लागि सैनिक युथ सँग भिड्ने

Enepal Patra Pvt. Ltd. , ६४७  पटक हेरिएको

 

कानेपोखरी(मोरङ), २९ माघ । टाइब्रेकरमा गाइघाट फुटबल क्लबलाई ४–२ गोल अन्तरले हराउँदै सुनसरीको धरान सिटी एकेडेमी मितेरी च्यालेन्ज कप फुटबल प्रतियोगिता २०७७ को फाइनल प्रवेश गरेको छ ।
मोरङको कानेपोखरी–७ स्थित जनकल्याण माविको खेल मैदानमा जारी आजको खेलमा धरान आफ्नो एक खेलाडीले पेनाल्टी प्रहार गर्नु अगावै विजयी भयो । धरानका लागि विबेक राई,सचिन श्रेष्ठ ,विटु तामाङ र विनाेद राईले गाेल गरे । यस्तै उदयपुरका सुनील खड्का र राजेन्द्र रावलकाे प्रहार मात्रै गाेलमा परिणत भयाे । उदयपुरका सुसन तामाङको प्रहार धरानका गाेल रक्षक विनय श्रेष्ठले बचाउनु भयो भने सन्तोष कट्वालकाे प्रहार मैदान बाहिर गयो ।
निर्धारित समयमा दुबै टिमले १/१ गाेल गरेका थिए । खेलकाे ३६ औं मिनेटमा धरानका विटु तामाङले गाेल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।तर, धरानको अग्रता ७ मिनेट पनि टिक्न सकेन । उदयपुरका सुनील खड्काले खेलकाे ४३ ओैं मिनेटमा गाेल गर्दै खेललाई बराबरीकाे अवस्थामा पुर्याए ।
आजको खेलमा पेनाल्टी प्रहारकाे बचाउ गर्ने धरानका गाेल रक्षक विनय श्रेष्ठ म्यान अफ द म्याच घाेषित भए । धरानले सैनिक युथ क्लब सँग उपाधि भिडन्तका लागि शनिवार फाइनल खेल्ने छ ।

प्रकाशित मिति: २०२१-०२-११ , समय : १९:४७:०२ , ३ वर्ष अगाडि