Enepal Patra Pvt. Ltd. , ११७७ पटक हेरिएको
बिराटनगर, २८ माघ । विराटनगरस्थित नोवेल मेडिकल कलेजले बिएस्सी नर्सिङ चौथो वर्षमा सत प्रतिशत नतिजा ल्याउन सफल भएको छ।
चिकित्सा शिक्षामा अब्बल मानिँदै आएको नोबेलले यस वर्ष बिएस्सी नर्सिङ चौथो वर्षमा शत प्रतिशत नतिजा ल्याउन सफल भएको कलेजका शैक्षिक कार्यक्रम संयोजक डिल्लीराम निरौलाले जानकारी दिए।
नर्सिङ चौथो वर्षमा २० जना विद्यार्थी अध्ययनरत थिए। गत महिना प्रकाशित नतिजामा पनि नोबेलले बिडिएस प्रथम र दोस्रो वर्षमा सत प्रतिशत नतिजा ल्याएको थियो।
नोबेलमा डिएम एमसिएच, एम्डी, एमएस, एमबिबिएस, बिडिएस, वीएस्सी नर्सिङ, बिएनएस, स्टाफ नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाइजिन र डिफार्म संकायमा करिब १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन्।
प्रकाशित मिति: २०२१-०२-१० , समय : २०:५५:५३ , ५ वर्ष अगाडि