स्वयंभूमा प्रहरीले गोली चलायो, एक घाइते

Enepal Patra Pvt. Ltd. , ७०४  पटक हेरिएको

काठमडौं, साउन २४ गते । प्रहरीले स्वयभूमा गोली हानी एक युवकलाई पक्राउ गरेको छ ।

स्वयंभूको झिँगु क्याफेमा रामेछाप जिल्ला लिखु गाउँपालीका ७ बस्ने वर्ष ३०को मिलन तामाङ्गलाई पक्रने क्रममा गोली प्रहार गरेको केन्द्रिय प्रहरी परिचाल कक्षका प्रहरी सहायक निरीक्षक बेद खड्काले बताउनुभयो ।

निजको घुँडा मुनी गोली लागेको र हाल वीर अस्पतालमा उचार भइरहेको उहाँले बताउनुभयो । पक्राउ गर्नुको कारणबारे प्रहरीले खुलाउन चाहेन घटनाको अनुसान्धान भईरहेको प्रहरीले जनाएको छ ।

अपहरणको धम्की दिनेलाई गोली हानेर नियन्त्रणमा
काठमाडौँको स्वयम्भूस्थित विजेश्वरी हाउजिङ नजीकैको एक क्याफेबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जनप्रतिनिधिलाई करोडौँ रकम माग गरी नदिए तीन वर्षको छोरीलाई अपहरण गर्ने धम्की दिएको सूचना प्राप्त भएपछि महानगरीय अपराध महाशाखाको टोलीले खोजी अभियानका क्रममा दुई जनालाई पक्राउ गरेको हो ।

घटना आज दिउँसो १२ः१० बजे भएको थियो । पक्राउ पर्नेमा रामेछापको मन्थलीका लोप्सान भन्ने मिलन तामाङ र अर्का अमृत तामाङ रहेका छन् । मिलनले भने नाम फेरेर विभिन्न व्यक्तिलाई धम्क्याउँदै पैसा असुल्ने गरेको प्रहरीले जनाएको छ । उनी लुटपाट र आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरी आएको चाल पाएपछि प्रतिकार गर्दै भाग्ने क्रममा मिलनलाई घुँडामुनि गोली लागेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिनुभयो । उनको अहिले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

उनीहरुले लिखु हाइड्रो पावरबाट रु २० लाख, विभिन्न ठेकेदारबाट रु २० लाख रकम लिएको खुल्न आएको छ । उनीहरुले रामेछापको लिखु–तामाकोशी गाउँपालिका प्रमुख गोविन्द खड्गालाई रु दुई करोड नदिए तीन वर्षकी छोरीलाई अपहरण गर्ने धम्की दिएको प्रहरीले जनाएको छ । सोही घटनामा उनलाई पक्राउ गर्न महाशाखाको टोली खटिएको थियो । उनीहरु लुटपाटका घटनामा संलग्न रहेको भन्दै प्रहरीले घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

रासस

प्रकाशित मिति: २०१९-०८-०९ , समय : १८:३६:०२ , ५ वर्ष अगाडि