चोरीमा संग्लग्न रहेका १ जना पक्राउ

Enepal Patra Pvt. Ltd. , ४३८  पटक हेरिएको

झापा,१६ माघ । झापाको अर्जुनधारा नगरपालिका-५ लक्ष्मीपुरमा गजेन्द्र कट्वालले संचालन गरेको किराना पसलामा चोरी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

बिहिवार राती साँढे ७ बजे आफ्नो पसलमा चोरी भएको भनी जानकारी गराए लगत्तै ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले सिसिटिभी फुटेज आधारमा अर्जुनधारा नगरपालिका-४ का ४१ बर्षीय बिक्रम दनुवारलाई राती नै पक्राउ गरेको हो ।

पक्राउ परेका दनुवारको साथबाट प्रहरीले पसलबार चोरी भएको भनिएको नगद १,४८,६६५ (एक लाख अठचालीस हजार छ सय पैसठी रुपैँया) र भारतिय नोट रु.१५००(पन्द्र सय) समेत बरामद गरेको छ । पक्राउ परेका दनुवारको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२१-०१-२९ , समय : ०७:३३:४४ , ३ वर्ष अगाडि