सवारी दुर्घटना १ जनाको मृत्यु

Enepal Patra Pvt. Ltd. , २४१  पटक हेरिएको

ईलाम,१५ माघ ।ईलाम नगरपालिका-९ मा बुधवार दिउँसो भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

ईलामबाट झापा तर्फ जाँदै गरेको को १८ प ६९७ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ जाँदै गरेको ना ३ ख २७३२ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिंदा माईजोगमाई गाँउपालिका-३ की २८ बर्षीया सन्जु आचार्यको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २०२१-०१-२८ , समय : ०९:४६:३५ , ३ वर्ष अगाडि