अझै दुई तीन दिन चिसो बढ्ने

Enepal Patra Pvt. Ltd. , ३४२  पटक हेरिएको

काठमाडौं, १४ माघ । आगामी दुई तीन दिन काठमाडौं उपत्यकामा चिसो बढ्ने देखिएको छ । अझैँ केही दिन विहान बेलुका चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । विभागका मौमसविद् गंगा नगरकोटीले पश्चिमी वायुको प्रभावले बादल लागेमा न्यूनतम् तापक्रम बढ्ने गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
काठमाडौं उपत्यकामा अहिले आकास सफा रहेकाले न्यूनतम तापक्रममा विहान बेलुका गिरावट आएको छ । विहान बेलुका मौसममा गिरावट आउने भए तापनि वर्षा हुने सम्भावना भने नरहेको उहाँले बताउनुभयो ।
काठमाडौं बाहिर भने पहाडी भू–भागमा आंशिक बदली रहेको विभागले जानकारी दिएको छ । साथै, तराईका भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
बिहीबार, दिउँसोको समयमा पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । आगामी २४ घण्टाका लागि देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक र दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू–भागमा विहानीपख हुस्सु र कुहिरो समेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति: २०२१-०१-२७ , समय : १८:४१:२१ , ३ वर्ष अगाडि