छ हजार ७०६ परीक्षणमा ४०९ जनामा सङ्क्रमणको पुष्टि

Enepal Patra Pvt. Ltd. , ४२८  पटक हेरिएको

काठमाडौं, पुस २२ गते । नेपालमा कोरोनाभाइरसका ४०९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा छ हजार ७०६ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४०९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६३ ह्जार १९३ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल पाँच हजार १३३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा ४९५ जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ५६ हजार १६१ जना सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयले हालसम्म १९ लाख ६४ हजार १६० जनाको आरटीपीसीआर परीक्षण गरिएको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ८९९ पुगेको छ ।
हाल ३४२ जना क्वारेन्टिनमा र पाँच हजार १३३ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति: २०२१-०१-०६ , समय : १६:५९:४७ , ३ वर्ष अगाडि