विराटनगर १७ पुष । मोरङ पाँच पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ मोरङको १३ औं साधारणसभामा दुई जनालाई नगर विकास, दुई जनालाई प्रतिभा पुरस्कार र एक जनालाई पिताम्बर खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

नेपाल पत्रकार महासंघ मोरङका सचिव अर्जुनकुमार आचार्यका अनुसार उद्घोष दैनिकमा कार्यरत पत्रकार बाबुराम भण्डारी र मकालु टेलिभिजनमा कार्यरत पत्रकार पदम सरदारलाई नगरविकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशी १५ हजार रूपैयाँ छ ।

हाम्रोमत दैनिकका प्रधानसम्पदक विवेक गौतम र गोरखापत्र दैनिकका सम्वाददाता तथा ईनेपालपत्रका अध्यक्ष हरिप्रसाद कोइरालालाई प्रतिभा पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी २१ हजार रूपैयाँ छ ।

मकालु टेलिभिजनका सम्पादक कमल पौडेललाई पिताम्बर खिलेश्वरी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशी १५ हजार रूपैयाँ छ ।

पाँच जना पत्रकारलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र नेपाल पत्रकार महासंघ केन्द्रीय कोषाध्यक्ष राजेश मिश्रले पुरस्कृत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: निरौला प्रशान्त

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.