ग्रामलक्ष्मी बचत द्वारा यूवा तथा साना व्यवसायी स्वरोजगार अभिमुखीकरण तालिम सम्पन्न

Enepal Patra Pvt. Ltd. , १२०६  पटक हेरिएको

रंगेली ११ पुस । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा रहेको ग्रामलक्ष्मी बचत तथा ऋण सहकारी संस्था ले यूवा तथा साना व्यवसायी स्वरोजगार कोष द्वारा सञ्चालित एक दिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय युवा तथा साना व्यवसायी स्वरोजगार कोष अनामनगर, काठमाडौ र सहकारी संस्थाहरूसंगको सहकार्यमा युवा स्वरोजगार कर्जा लगानी कार्यक्रम सन्चालन मा ल्याउन सफल भएको हाे । नगरपालिकाकाे सभाहलमा उक्त तालिम गराएका थिए । कार्यक्रम काे प्रमुख अतिथि नगरपर प्रमुख दिलिप बगडिया ,बिष्ट अथिति कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदी , बडा अध्यक्ष राचन्द्र मंण्डल, युवा तथा साना व्यवसायी काेष का अनुगमन अधिकृत बिमला श्रेष्ठ , सन्ताेष साप्काेटा , सहकारीका , अशाेक मंण्डल, उषा मंण्डल, स्थानीय युवा, महिला , बुद्धिजीवी , समाज सेवि लगायतको उपस्थिति समेत रहेको थियो । कार्यक्रमका प्रमुख अतिथिले भने यसरी युवा हरुलाई स्वराेजगार कार्यक्रमले थप प्राेत्साहन गर्ने र कर्जाको रकम सदुपयोग गर्ने समेत आग्रह गरेको छन । युवा स्वरोजगार कर्जा लगानी कार्यक्रम माेरङमा १४ बटा सहकारीले सम्झौता गरेकाेे अनुगमन अधिकृत बिमला श्रेष्ठले बताईन । ग्राम लक्ष्मी का अध्यक्ष सन्तोष कुमार मंण्डल काे सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रकाशित मिति: २०२०-१२-२६ , समय : ०६:२६:२८ , ३ वर्ष अगाडि