व्यावसायिक तथा कर सम्बन्धि परामर्शका लागि ‘एकुरेट अकाउन्ट सोलुसन’सन्चालनमा

Enepal Patra Pvt. Ltd. , ६८४  पटक हेरिएको

झापा । दमकमा व्यक्तिगत तथा कर्पोरेट ग्राहकका लागि व्‍यासायिक सल्लाह प्रदान गर्ने उदेश्यले एकुरेट अकाउन्ट सोलुसन सन्चालनमा आएको छ ।

यसको संचालक युवा व्यवसायी अर्जुन खड्का र सुमन श्रेष्ठ रहेका छन ।

व्यवासयमा लाग्न तरखर गरिरहेका वा व्यवासयमा जमिसकेका व्यक्ति तथा संस्थालाई सेवा केन्द्रले वित्तीय सल्लाह दिने संचालक मध्येका एक अर्जुन खड्काले बताए ।

उनका अनुसार व्यवासयको आवश्यकता र महत्वकांक्ष स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा हासिल गर्न सेवा केन्द्रले सहयोग गर्ने छ ।

‘हामी व्यक्तिगत र व्‍यासायिक आवश्यकताहरुको व्याख्या र बिकास गर्न, बिकासका लागि अवसरहरु पहिचान गर्न र जोखिमहरु कम गर्न सहयोग गर्ने छौ’ उनले भने, ‘हामीसंग कुशल र अनुभवी चाटर्ड एकाउन्टेन्टहरुको एउटा टोली छ जसले गुणस्तरीय सेवाहरु प्रदान गर्छ ।’

सरकारले घोषणा गरेका नयाँ योजनाहरु, कानुनमा हुने गरेका परिवर्तन सम्बन्धी सचेतना लगायत अन्य थुप्रै सेवाहरु प्रदान गरिने उनले बताए ।

‘कम्पनी दर्ता, आयकर, लेखा, टीडीएस, भ्याट, परियोजना रिपोर्ट, निर्यात इजाजतपत्र, पसल पंजीकरण लगायतका कार्य गर्ने उनले बताए ।

दमक-६ मा केन्द्रीय कार्यालय रहेको यसले चाडै नै बिर्तामोड र मोरङको बिराटनगरमा आफ्नो शाखा विस्तार गर्ने उनले जानकारी दिए ।

प्रकाशित मिति: २०२०-१२-१६ , समय : १८:५४:५५ , ३ वर्ष अगाडि