निकाे हुने दर करीब ९५ प्रतिशत, ८३० सङ्क्रमित थपिए

काठमाडौं उपत्यकामा ३४८ जना संक्रमित

Enepal Patra Pvt. Ltd. , ४७८  पटक हेरिएको

काठमाडौं, मंसिर २८ गते । नेपालमा कोरोना भाइरसका ८३० सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा एक हजार पाँचसय जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरणमा प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी गराउनुभएकाे हाे ।

अाइतबार पाँचहजार १८१ जनाकाे आरटीपीसीआर परीक्षण गरिएकोमा पछिल्लो चौबीस घण्टामा ८३० सङ्क्रमित थपिएको हाे । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमित दुई लाख ४८ हजार ४२३ पुगेको छ ।

एक हजार पाँचसय जना निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ३५ हजार ७३१ जना सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल दश हजार ९९५ जनामा मात्रै भाइरसको सङ्क्रमण सक्रिय छ । नेपालमा निकाे दर बढिरहेकाे छ । अहिले नेपालमा निकाे हुने दर ९४.८९ प्रतिशत रहेकाे छ । मन्त्रालयले हालसम्म १८ लाख ३१ हजार ४१ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।

नेपालमा अहिले ५१६ जना क्वारेन्टिनमा रहेका छन् ।

पछिल्लो चौबीस घण्टामा ९ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । उक्त मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ६९८ पुगेको छ ।

काठमाडौं उपत्यकामा ३४८ जना संक्रमित

यस्तै, काठमाडौं उपत्यकामा ३४८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा २५८, ललितपुरमा ६५ र भक्तपुरमा २५ जना संक्रमित थपिएका छन् ।

 

प्रकाशित मिति: २०२०-१२-१३ , समय : १८:१७:३१ , ३ वर्ष अगाडि