यस्तो काम गरेर मासिक हजारौ कमाउछन यि नेत्रहिन जोडीले, छोरीलाई आँखाको डाक्टर बनाउने सपना होला त पुरा (भिडियो)

Enepal Patra Pvt. Ltd. , ४७२  पटक हेरिएको

मोरङ । अपाङ्गता भएकाहरूले पनि अवसर र सीप पाएको खण्डमा जे पनि गर्न सक्छन् भन्ने उदाहरणका रूपमा लिन सकिन्छ,मोरङ उर्लाबारीका एक नेत्रहीन राई दम्पतीलाई । उर्लाबारी(२ का ३८ वर्षीय राजकुमार राई र ४२ वर्षीया इन्दिरा राई सबलाङ्गहरूलाई चुनौती दिँदै मुढा बुनेर उदाहरणीय व्यवसायी बनेका हुन् ।

प्लान नेपालको सहयोगमा नेत्रहीन संघ, मोरङले तालिम दिएपछि उनीहरूले व्यावसायिक रूपमा मुढा बनाउने काम गर्दै आएका छन् । आफन्तको जग्गामा बस्दै आएका उनीहरू मासिक रूपमा ३० भन्दा बढी मुढा बनाएर स्थानीय बजारमा आफै बेच्न पुग्छन् । मुढा बुनिरहेको अवस्थामा भेटिएका उनीहरूले यही पेसाबाट दुःखसुख खान पुगेको धारणा व्यक्त गरे ।उनीहरूले मासिक रूपमा ५ हजार बराबरका मुढा बेच्ने गरेका छन् ।

 

राजकुमार राईले भने—दुवै जनाले काम गर्ने हो भने त हप्तामा १२÷१३ वटा मुढा बनाउन सकिन्थ्यो तर के गर्नु एक जनालाई घरको काम गर्दै फुर्सद हुँदैन । राजकुमार राईले ८÷१० वर्षको उमेरसम्म आँखा देखे पनि पछि आँखा देख्न छोडेको बताए । उमेर बढ्दै जाँदा मेरा आँखाले काम गरेनन् । के गर्नु समयमै उपचार गरेको भए संसार देख्न पाइन्थ्यो कि ? उनले दुःख पोखे—२०५६ सालमा संखुवासभाको खाँदबारीबाट मधेस झरियो । त्यतिबेला अस्पतालमा देखाउँदा धेरै ढिलो भैसकेको रहेछ ।इन्दिरा राईको व्यथा भने अर्कै छ । उनको १ वर्षकै उमेरमा आँखाको ज्योति गुमेको थियोे । राई दम्पतीको भेट तालिमको सिलसिलामा भएको रहेछ ।

 

प्रकाशित मिति: २०२०-१२-१३ , समय : १८:१३:२२ , ३ वर्ष अगाडि