अनौठो शिशुको जन्म

Enepal Patra Pvt. Ltd. , ६७०  पटक हेरिएको

इनेपालपत्र न्युज डेक्स
२३ मङ्सिर ।
 बैतडीको सुर्नया गाउँपालिकामा एक अनौठो शिशु जन्मिएको छ । सुर्नया गाउँपालिकाको –५ मडकी २१ वर्षीया गिता विकले अनौठो शिशु (छोरा)को जन्म दिएकी हुन् । पहिलो सन्तानको रुपमा मलद्धार, नाक र ओठ नभएको अनौठो बच्चाको जन्म दिएकी सुर्नया गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख रामसिंह महराले जानकारी दिए ।

समय पुगेपछि ९ महिनामा जन्मेको उक्त शिशुको अवस्था भने सामान्य रहेको छ । बच्चाको मलद्धार, मल्लो ओठ र नाकको प्वाल पनि छैन, मुखको छेउमा मासुका डल्ला पलाएका छन् ।

दुध चुस्न नसकेको र चम्चाले दुध खुवाइरहेको जनाइएको छ । शिशुलाई स्वास्थ्य चौकीले उपचारका लागि धनगढी रेफर गरे पनिआमा र शिशु घर फर्किएको बताइएको छ । आर्थिक अभावका कारण शिशुको उपचारमा समस्या भएको शिशुकी आमा गीताका आफन्तले बताए । तर गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख महराले गाउँपालिकाले उपचारमा सहयोग गर्ने भनेपनि उपचारका लागि बाहिर लैजाननमानेको बताए ।

बच्चा जन्माउने प्रक्रियामै समस्या भएर यस्तै बच्चा जन्मिएको हुनसक्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले बताए । यसका साथै गर्भपतन गराउने औषधि वा अन्य कुनै औषधी साईड इफेक्टका कारण र गर्भवती अवस्थामा भारी काम गरे अनौठो बच्चा जन्मिने अनुमान गरिएको छ ।

प्रकाशित मिति: २०२०-१२-०८ , समय : २०:२२:३३ , ३ वर्ष अगाडि