कृषि सामाग्री वितरण

Enepal Patra Pvt. Ltd. , ७१३  पटक हेरिएको

लेटाङ २२ मंसिर । लेटाङ नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषक तथा समुहहरुलाई १०६ थान ईलेक्ट्रीक स्पेयर (विषाधी छिट्ने मेसिन) , ६१ थान ईन्सेक्ट नेट (टनेलको वरीपरी लगाउने जाली) , ५ रोल मल्चिङ प्लाष्टिक (झारपात मार्ने) , ५ थान कर्नसेलस(मकै छोडाउने मेसिन, १ थान मकै रोप्ने मेसिन, २ थान धान काट्ने मेसिन, १५ थान थोपा सिचाई सेट वितरण गरेको छ ।

आज नगरपालिकामा एक कार्यक्रमको आयोजना गरि लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले कृषकहरुलाई उक्त सामान हस्तान्तरण गर्नुभयो । सामान हस्तान्तरण गर्दै नगरप्रमुख राईले लेटाङ कृषीका लागि उर्भर भुमि भएकाले नगरपालिकाले कृषीमा ठुलो लगानी गरिरहेको वताउनुभयो । तरकारी तथा पशुपंक्षी पालनको क्षेत्रमा अथाहा संभावना बोकेको नगरक्षेत्रमा किसानलाई सहज होस भनेर उक्त सामान वितरण गरिएको कार्यक्रममा जानकारी दिनुभयो ।

लेटाङ नगरपालिकाका कृषी विकास शाखाको ब्यवसाय प्रवर्धन तथा यान्त्रीकरण कार्यक्रम अन्तरगत कृषक ,कृषक समुह, कृषी सहकारीहरुलाई कृषी सामाग्री हस्तान्तरण गरिएको कृषी विकास शाखाका प्रमुख करण श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२०-१२-०७ , समय : १४:३८:०१ , ३ वर्ष अगाडि