धनपालथानका सबै वडामा पशुु स्वास्थ्य तथा वाझोपन निवारण बारे शिविर हुँदै

Enepal Patra Pvt. Ltd. , ४६१  पटक हेरिएको

रबिन्द्र बराल  रंगेली १८ मंसिर । मोरङको धनपालथान गाउपालिकामा पशुु स्वास्थ्य तथा वाझोपन निवारण सम्वन्धि एक दिने शिविर सम्पन्न भएको छ ।

सो गाउपालिकाको वार्ड न ३ मायागन्ज मा शिविर काे आयाेजना गरिएको थियो । २ सय ५० घर धुरिका पशुुचौपायाको स्वास्थ्य उपचार गरिएको थियो । शिविरमा नाम्ले, जुुका, चर्चरे तथा भ्यागुुते रोग लागेका पशुु चौपायाको निशुुल्क उपचार गर्नुुका साथै औषधी तथा भिटामिन समेत उपलव्ध गराइएको थियोे ।

उक्त सेवामा १ सय ५० बटा गाईकाे गाेवर परिक्षण, र ६ सय गाईकाे मेडिकल उपचार गरिएको नायक पशु सेवा प्राबिधिक शिव कुमार रायले बताए । सो वर्डाका वर्डा अध्यक्ष गुलाव चन्द मंडल ले सिविरको उद्घाटन गरेका थिए ।

चिसो वढन थालेकाले विभिन्न रोगका कारण पशुुचौपाय विरामी हुुने हुुँदा गाउपालिकाको प्रतेक वडामा पशुु स्वास्थ्य सिविरका आयोजना गर्न लागिएको गाउपालिकाका अध्यक्ष हरीलाल सिंहले बताए ।

प्रकाशित मिति: २०२०-१२-०३ , समय : ०८:०९:१० , २ वर्ष अगाडि