बीस मिनेटमै कोरोना परीक्षण

Enepal Patra Pvt. Ltd. , ९९४  पटक हेरिएको

काठमाडौँ, १६ मङ्सिर । सरकारले सोमबारबाट कोरोना भाइरस ९कोभिड–१९० परीक्षणमा एन्टिजेन परीक्षण सुरु गरेको छ । कोरोना पत्ता लगाउन एन्टिजेन परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले जानकारी दिनुभयो ।
काठमाडौंँ उपत्यकाका कोरोना प्रभावित क्षेत्रमा एन्टिजेन परीक्षण सुरु गरिएको हो । काठमाडाँैं महानगरपालिकाका कोरोना जोखिम क्षेत्र पहिचान गरी परीक्षण गरिनेभएको छ ।
डा। पाण्डेका अनुसार काठमाडौंँ महानगरका कोटेश्वर, विशालनगर, चाबहिल, मित्रपार्क, बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिनेछ । उहाँले सोमबार पाँच सय जनाको एन्टिजेन परीक्षण गरिएकोे र २०र२५ मिनेटमै कोरोना परीक्षण गरी रिपोर्ट आउने बताउनुभयो । एन्टिजेनमा पीसीआर जस्तै विधि भएको बताउँदै डा। पाण्डेले घाँटीबाट स्वाब सङ्कलन गरेर परीक्षण गरिन्छ भन्नुभयो ।
उहाँले समग्र जनसङ्ख्यामा भने एन्टिजेन परीक्षण नगर्ने बत९ाउनुभयो । सङ्क्रमितको सम्पर्कमा आउनेलाई स्थानीय तहको सहयोगमा एन्टिजेन परीक्षण गरिनेभएको हो । डा। पाण्डेले तीन हजार पाँच सय जनसङ्ख्यामा एन्टिजेन परीक्षण गरेर त्यसको नतिजाका आधारमा थप परीक्षण गरिने जानकारी दिनुभयो । विश्व स्वास्थ्य सङ्गठन ९डब्लूएचओ० का अनुसार एन्टिजेन परीक्षणमा ८५ प्रतिशत परिणाम हुने मान्यता हुन्छ ।

प्रकाशित मिति: २०२०-१२-०१ , समय : ०६:४९:०० , ३ वर्ष अगाडि