सव डिभिजन बन कार्यालय लेटाङको भवन निर्माण सुरु

प्रशान्त निराैला , ७०७  पटक हेरिएको

लेटाङ, १० मंसिर । सव डिभिजन बन कार्यालय लेटाङको आफ्नै भवन निर्माणको कार्य आज बाट सुरुभएको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले भवनको आज सिलन्यास गर्नुभयो ।
लेटाङ नगरपालिका वडा नं. वडा नं. ४ मा बनिरहेको उक्त भवन विएनजी कंस्ट्रक्सन प्रालीले वनाईरहेको छ । डिभिजन वन कार्यालय मोरङमा असारमा सम्झौता गरी हाल भवन सिलन्यास गरिएको छ ।
यो भवन २ महिनामा बनाईसक्ने निर्माण कम्पनीका ईन्जिनियर तथा निर्माण ब्यवसायी विगेस खतिवडाले बताउनुभयो ।
बनिरहेको सवडिभिजनको भवन लोड बियरीय बेसमा बन्ने ईन्जिनियर खतिवडाले बताउनुभयो । १५ सय ईस्क्वायर फुटको उक्त भवन ४५ लाख रुपैयाको लागतमा बन्ने छ ।

 

प्रकाशित मिति: २०२०-११-२५ , समय : १५:४०:२२ , ३ वर्ष अगाडि